News

Mar 12, 2009

मुस्लिम समुदायले पनि आन्दोलनमा जाने निर्णय

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
थारुको आन्दोलन जारी रहेकै बेला मधेशीमा सूचीकृत गरिएको बिरोधमा मुस्लिम समुदायले पनि आन्दोलनमा जाने निर्णय गरेको छ । संयुक्त मुस्लिम राष्ट्रिय संघर्ष समितिले आन्दोलनको घोषणा गरेको हो । समितिले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी चैत्र १४ गते सम्मलाई आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । पहिलो चरणमा बिरोध र्‍याली देखि बन्द सम्मको कार्यक्रम समितिले तय गरेको छ । पहिलो चरणको आन्दोलनपछि पनि सरकारले मागमा सम्बोधन नगरे चैत्र १५ गतेबाट सशक्त आन्दोलन गर्ने उनीहरुले चेतावनी दिएका छन् । समितिका संयोजक ताज मोहम्मद मियाँले आफ्ना माग बारे सरकारले सुनबाई नगरेकाले बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताए । आदिवासीलाई मधेशीसंग जोडिएकोमा आपत्ती जनाउँदै उनले आफूहरु मधेशी नभई मुस्लिम भएको र त्यसैका आधारमा पहिचान दिन सरकार संग माग गरे । समावेशीकरण सम्बन्धी अध्यादेश फिर्ता लिएर मुस्लिम समुदायको पहिचानको संबैधानिक ग्यारेण्टी गरिनुपर्ने, जनसंख्याका आधारमा प्रत्येक निकायमा मुस्लिम समुदायलाई आरक्षण, राष्ट्रिय मुस्लिम आयोग गठन, नयाँ जनगणना लगायतका माग समितिले राखेको छ ।

No comments: