News

Mar 12, 2009

सर्वोच्च अदालतको इजलासमा सेना भर्नाको सुनुवाई सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाली सेनाको नयाँ भर्ना प्रक्रिया खारेजीको माग गर्दै दायर रिट माथि सर्वोच्च अदालतको पूर्ण इजलासमा बिहीबारदेखि सुनुवाई सुरु भएको छ । न्यायाधीशहरु रामप्रसाद श्रेष्ठ, खिलाराज रेग्मी र गिरिशचन्द्र लालको पूर्ण इजलासमा सुनुवाई भएको हो ।सरकारका तर्फबाट महान्यायधिवक्ता राघवलाल वैद्य, नायव महान्यायाधिवक्ता कुमार चुडाल र सह-महान्यायधिवक्ता युवराज सुवेदीले बहस गरेका हुन् । बहस गर्दै वैद्यले सैन्य भर्ना प्रक्रिया असंवैधानिक रहे पनि धेरै अघि बढेकाले रोक्न नमिल्ने बताए ।उनले शान्ति प्रक्रिया विपरीत सेना भर्ना प्रक्रियाले दूरगामी प्रभाव पार्ने भन्दै सरकारले भर्ना रोक्न दिएको निर्देशन समेत नेपाली सेनाले नमानेको टिप्पणी गरे । यसअघि संयुक्त इजलासमा भएको सुनुवाइमा अन्तरिम आदेश जारी गर्ने निर्णयमा मत बाझिएपछि अन्तिम टुंगो लगाउन रिटलाई पूर्ण इजलासमा पठाइएको थियो । नेपाली सेनाको भर्ना प्रक्रिया विस्तृत शान्ति सम्झौता विपरीत भएको दाबी सहित इन्हुरेड इन्टरनेशनलका तर्फबाट अधिवक्ता श्रीकृष्ण सुवेदीसहितले रिट दायर गरेका थिए ।

No comments: