News

Mar 10, 2009

किम जोङ इल संसद्को निर्वाचनमा सर्वसम्मतिबाट विजयी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्योङयाङ/ प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका सर्वोच्च नेता किम जोङ इल संसद्को निर्वाचनमा सर्वसम्मतिबाट विजयी भएका छन् । निर्वाचन समितिले इलले खसेकामध्ये शतप्रतिशत मत प्राप्त गरेको जानकारी दिएको छ । यो नेताले जनताको महान् विश्वास र सहयोग प्राप्त गरेको अभिव्यक्ति हो भनिएको छ । सबै नाम दर्ता भएका देशभित्र र देशबाहिरका सबै उत्तर कोरियाली मतदानमा सहभागी भएको बताइएको छ । तर, अन्य जिल्लाका परिणाम भने अझसम्म सार्वजनिक गरिएको छैन । सबै निर्वाचन क्षेत्रबाट किमलाई उम्मेदवार बनाइएको भए तापनि उनले कोरियाली जनसेनाको निर्वाचन क्षेत्र नं ३३३ मा मनोनयन दर्ता गरेका थिए । आइतबार बिहानदेखि संसद्को निर्वाचन प्रक्रिया आरम्भ गरिएको थियो । योग्य मतदाताहरू १२औं पिपुल्स एसेम्ब्लीका लागि मतदान गर्न आ-आपना संसदीय क्षेत्र पुगेका थिए । उत्तर कोरियाको संविधान अनुसार यो संसद्को पदावधि पाँच वर्षको हुन्छ । किमले भने किम इल सुङ राजनीतिक विश्वविद्यालयको मतदान केन्द्र पुगी मतदान गरेका थिए । त्यहाँ सैनिक तथा तिनका परिवारले किमको भव्य स्वागत गरेका थिए । मतदान गरेपछि उनले संसदीय क्षेत्रका सैन्य अधिकृत उम्मेदवार चेन इलसँग कुराकानी गरेका थिए । त्यसपछि, उनले विश्वविद्यालयको निरीक्षण गरे र बहुमुखी प्रतिभा उत्पादन गर्न र पार्टीको आत्माअनुसार थप राजनीतिक शक्ति तयार गर्न आह्वान गरे । यो एसेम्ब्ली उत्तर कोरियाको सर्वोच्च विधायिका हो । ११औं एसेम्ब्लीको निर्वाचन २००० मा भएको थियो । २००८ मा भने सो निर्वाचन कुनै अज्ञात कारणले गरिएको थिएन ।

No comments: