News

Mar 10, 2009

युवराज चार्ल्सले एक युवतीलाई लेखेका प्रेमपत्र लिलाममा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
लन्डन/ बेलायती युवराज चार्ल्सले आफ्नो युवाकालमा तीन दशकअघि क्यानाडाकी एक युवतीलाई लेखेका ६ थान प्रेमपत्र लिलाममा राखिएका छन् । लसएन्जेलस्मा सबै शाही वस्तुको संकलन गर्ने अलिसिया क्यारोलले बताएअनुसार बेलायती राजगद्दीका उत्तराधिकारी चार्ल्सले १९७६ देखि १९८० सम्मको अवधिमा मोन्टि्रयल निवासी जाने जेन्किन्सलाई यी प्रेमपत्र लेखेका थिए । यी प्रेमपत्र ३० हजार डलरमा बिक्री हुँदै छन् । क्यारोलले २००२ मा त्यतिवेला मोन्टि्रयलमा बि्रटिस कन्सुलेटमा काम गर्ने जाने जेन्किन्ससँग किनेकी थिइन् । त्यहीँ नै युवा राजकुमारसँग उनको भेट भएको थियो । डायनासँग बिहे छिनेको आठ महिनाअघि मात्र जुन ८, १९८० मा लेखिएको एक चिठीमा चाल्र्सले दुलही खोज्न दबाब आइरहेको उल्लेख गरेका छन् । 'मलाई लाग्दै छ, मैले छिटोभन्दा छिटो बिहे गरेपछि नै यी मानिसको धित मर्नेछ । मलाई अझै लाग्छ, कुनै कमनवेल्थ देशकी केटी भई भने उसलाई बिहे गर्नु मेरो लागि उत्तम हुनेछ । भैगो, चिन्ता नगर, जे हुन्छ, हुन्छ । यो तिमीलाई पहिल्यै सावधान गराएको हो,' सही गरेपछि उनी फेरि थप्छन्, 'धेरै-धेरै मायासहित, चाल्र्स ।' यी प्रेमपत्र ऐतिहासिक महत्त्वका छन् किनभने यी इंग्ल्यान्डका भावी राजाका पत्र हुन् ।

No comments: