News

Mar 4, 2009

मूल्यवृद्धि गतवर्षको भन्दा झण्डै तेब्बरले बृद्धि

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पछिल्लो ६ महिनामा मूल्यवृद्धि गतवर्षको भन्दा झण्डै तेब्बरले बृद्धि भएको जनाएको छ । गत आर्थिक वर्षको अघिल्लो ६ महिनामा ५.८ प्रतिशत रहेको मूल्यवृद्धि पुस मसान्त सम्म बढेर १४.४ प्रतिशत पुगेको बैंकले जनाएको हो । राष्ट्र बैंकले वर्तमान आर्थिक स्थितिबारे जारी गरेको विज्ञप्तिमा चालु आर्थिकवर्षको पछिल्लो ६ महिनामा मूल्यवृद्धि अधिक रहेको जनाएको छ । खाद्य तथा पेय पदार्थमा १८.३ प्रतिशत र गैर खाद्य तथा सेवासंगको मूल्यमा १०.३ प्रतिशतले मूल्यवृद्धि भएको छ । मूल्यवृद्धिका कारण समग्र उपभोक्ता मुद्रा स्फुर्ती दर अघिल्लो वर्षको भन्दा समिक्षा अवधिमा अधिक रहेको हो । गतवर्षको सोही अवधिमा १४.२ प्रतिशतले ह्रास आएको चिनी तथा चिनी जन्यको मूल्यमा यसवर्षको ६ महिनामा सबैभन्दा बढी ३७.३ प्रतिशतले वृद्धि भएको छ । यसैगरी दलहनको मूल्यमा २५.६ प्रतिशतले र खाने घ्यू तथा तेलको मूल्यमा २५ प्रतिशतले मूल्यवृद्धि भएको विज्ञप्तिमा उल्लेख छ । त्यस्तै गतवर्ष ११.३ प्रतिशत रहेको खाद्यान्नको वार्षीक बिन्दुगत मूल्यवृद्धि सोही अवधिमा १६.५ प्रतिशत रहेको छ । अघिल्लोवर्ष सरकारी बजेट ३ अर्ब २६ करोड रुपैयाँले घाटामा रहेपनि चालु आर्थिकवर्षको पछिल्लो ६ महिनामा नगद प्रवाहमा आधारित सरकारी बजेट ७ अर्ब ४२ करोडले बचतमा रहेको बैंकले जनाएको छ । अघिल्लो वर्ष २५.४ प्रतिशतले बढेको सरकारको राजश्व परिचालन चालु आर्थिक वर्षको पछिल्लो ६ महिनामा २५.५ प्रतिशतले वृद्धि भइ ५९ अर्ब ४८ करोड रुपैयाँ पुगको बैंकका विज्ञप्तिमा उल्लेख छ । समिक्षा अवधिमा मूल्य अभिवृद्धि कर, आय कर, राजश्व, रजिष्ट्रेशन शूल्क वापत हुने राजश्व लगायतमा विस्तार भएकोले समिक्षा अवधिमा राजश्व परिचालनमा वृद्धि भएको बैंकले जनाएको छ । त्यस्तै चालु आर्थिक वर्षको अघिल्लो ६ महिनामा कुल निर्यात १८.६ तथा कुल आयात २३.६ प्रतिशतले बढेको छ ।

No comments: