News

Mar 4, 2009

मेची र कोसीका लागि भारतबाट ल्याइएको विजुली आपूर्ति

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
केन्द्रीय प्रशारणबाट बन्द गरी पूर्वका मेची र कोसीका लागि भारत कटैयाबाट ल्याइएको विजुली आपूर्ति थालिएको छ ।कटैयाबाट दैनिक ४० मेघावाट आपूर्ति भएकोछ । दुई दिनयता ५ मेघावाट आपूर्ति बढेकाले लोडसेडिङ् केही कमी भएको नेपाल विद्युत प्राधिकरण दुहबी गि्रडका इन्जिनियर वीरेन्द्रकुमार झाले बताए । 'उद्योग सुचारु हुने वित्तिकै विद्युत् आपूर्तिमा फेरी समस्या आउँछ' उनले भने- '१६ घण्टा लोडसेडिङ् हुँदा जुन तालिका थियो त्यसले केही दिनमै निरन्तरता पाउँछ ।' जातीय समूहको बन्दले तीन दिनयता कोसी क्षेत्रका प्रायः सबै उद्योग/कारखाना बन्द छन् । मेची र कोसीका लागि दैनिक १ सय ३० मेघावाटसम्म विजुली आवश्यक पर्छ । उद्योग बन्द हुँदा चार घण्टासम्म लोडसेडिङ् गरेर गि्रडले विजुली वितरण गर्दै आएको थियो । भारतको कटैया प्रशारण लाइनबाट यसैसातादेखि ३० मेघावाटबाट सुरु भएर्को आपूर्ति बुधबार ४० मेघावाटसम्म पुगेको हो । सहमति अनुसार ६० मेघावाट आउनुपर्नेमा एकैपटक भार बहन गर्ने क्षमता नहुने कारण क्रमशःआपूर्ति बढ्दै जाने इन्जिनियर झाले बताए । कोसी कटानले ढालेका टावर मर्मत गरेपछि साढे छ महिनापछि विद्युत आपूर्ति भएको हो । भदौ २ गते कोसीको पूर्वी तटवन्ध भत्केपछि श्रीपुर र कोसीक्षेत्रसहित भारतमा रहेका ५ टावर भत्केका थिए ।

No comments: