News

Mar 11, 2009

आन्तरिक उडानको घटयो भाडा दर

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारले गत हप्ता हवाई इन्धनमा प्रतिलिटर १० रुपियाँ घटाएपछि मंगलबारबाट हवाई भाडा पनि घटेको छ। नेपाल वायुसेवा सञ्चालन संघका अनुसार मंगलबारदेखि नयाँ भाडा कायम हुँदा १ सय ५ रुपियाँदेखि ३ सय ६० रुपियाँसम्म घटेको छ।वायुसेवा सञ्चालन संघले पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणमा बुझाएको नयाँ भाडालाई सोमबार स्वीकृति प्रदान गरिएपछि मंगलबारदेखि नयाँ भाडा कायम भएको हो। निजी विमान कम्पनीहरूको संघले लागू गरेको नयाँ भाडा पछि आन्तरिक उडानमार्फ यात्रा गर्न चाहनेहरूका लागि ठूलो राहत पुगेको छ। सरकारले हवाई इन्धन घटाएपछि अनिवार्य रूपमा हवाई भाडा घटाउनुपर्ने भए पनि संघले भने मंगलबारदेखि मात्र हवाईभाडा घटाएको छ। मन्त्रालयले गत बिहीबारदेखि नै नयाँ हवाई भाडादर कायम गर्न आग्रह गरेको थियो। निजी विमान कम्पनीहरूले सरकारको सो आग्रहलाई कार्यान्वयन नगरे पनि सरकारद्वारा निर्धारित भाडाभन्दा कम भाडादर कायम गरेका छन्। सरकारले ८० देखि ३ सय ४० रुपियाँ भाडा घटाउन आग्रह गरेको थियो। नयाँ भाडादरअनुसार काठमाडौंदेखि विराटनगरसम्मको २ सय १५ रुपियाँ घटेको छ भने काठमाडौं-पोखरा १ सय ६० रुपियाँ घटेको छ। यता काठमाडौंदेखि धनगढीसम्मको ३ सय ६० रुपियाँ घटाइएको छ। गत माघ २६ मा विराटनगरसम्म ६ सय १० घटेको थियो भने धनगढीसम्ममा १ हजार २० घटेको थियो। यसैगरी काठमाडौं-भद्रपुरसम्मको २ सय ५५ रुपियाँ घटेको छ भने सबैभन्दा छोटो रुटको काठमाडौं-बारा उडानमा १ सय ५ रुपियाँ घटेको छ। गत माघमा सो रुटमा २ सय ९० रुपियाँ घटेको थियो।नेपाल वायु सेवा सञ्चालक संघका अध्यक्ष विजय श्रेष्ठका अनुसार माउन्टेन �लाइटमा पनि भाडा घटेको छ। अब ४ हजार ५ सय ५० मा माउन्टेन �लाइटमा जान सकिने भएको छ। पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव सुरेश आचार्यका अनुसार नेपाल वायुसेवा निगमका आन्तरिक उडानमा भने निजी विमान कम्पनीका तुलनामा केही महँगो भएको छ। निगमले मन्त्रालयद्वारा कायम गरेको भाडादर कायम गरेको छ। त्यसअनुसार काठमाडौंदेखि विराटनगरसम्मको १ सय ९० घटेको छ भने नेपालगन्ज र भद्रपुरमा क्रमशः २ सय ५० र २ सय ४० रुपियाँ कम गरिएको छ। त्यस्तै सुर्खेत उडानमा ३ सय २०, धनगढीमा ३ सय ४०, पोखरामा १ सय ३० र सिमरासम्मको उडानमा ८० रुपियाँ घटेको छ। विराटनगरबाट लामिडाँडा उडानमा भने १ सय रुपियाँ, विराटनगरबाटै भोजपुर, डोल्पा र सिमिकोटसम्म क्रमशः ८०, १ सय ४० र १ सय रुपियाँ घटेको छ। त्यस्तै नेपालगन्जदेखि रुकुम र जुम्लासम्मको उडानमा १ सय ५० रुपियाँ घटेको छ। नेपाल वायुसेवा निगम र निजी विमान कम्पनीहरूले अन्तर्राष्ट्रिय उडानमा भने कुनै हेरफेर नगरेको जनाएको छ।

No comments: