News

Mar 11, 2009

नेताहरुको दिल्ली दौडाहाले आशंका जन्मायो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकिकृत नेकपा माओवादीले नेपालका वरिष्ठ नेताहरुको हाल जारी भारत भ्रमणको सिलसिलालाई गम्भीर रुपमा लिएको उक्त दलका नेताहरुले बताएका छन् ।केहिदिन अघि पारिवारिक भ्रमणमा भारत गएका पूर्वराजा ज्ञानेन्द्र अहिले त्यहीं रहेका बेला स्वास्थ्यको कारण देखाउँदै एकपछि अर्को गर्दै नेपाली नेताहरुको दिल्ली जाने क्रम चलिरहेको छ।त्यसलाई माओवादीले गणतन्त्र विरोधी मोर्चावन्दी वा आफ्नो नेतृत्वको सरकारलाई विफल बनाउने कसरत हुनसक्ने ठानेको छ।सुत्रकाअनुसार अचानक दिल्ली गएका नेकपा एमालेका वरिष्ठ नेता केपी ओली सोमबार नियमित स्वास्थ्य परिक्षण गराई काठमाडौं फर्केका छन्। सोमबार नै उपप्रधानमन्त्री तथा गृहमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता बामदेब गौतम स्वास्थ उपचारका लागि दिल्ली गएका थिए । नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको पनि आज स्वास्थ्य परिक्षणका लागि दिल्ली जाने कार्यक्रम छ।वरिष्ठ नेताहरुको दिल्ली भ्रमणको ‍श्रृङ्खलालाई सरकारको नेतृत्व गरिरहेको माओवादीले अर्थपूर्ण रुपमा लिएको छ। माओवादीका केन्द्रिय सचिवालय सदस्य वर्षमान पुन 'अनन्त' का अनुसार मंगलबार बसेको सचिवालय बैठकमा उक्त कुराले प्राथमिकता पाएको थियो । नेताहरूको भारत भ्रमणबारे यसले राम्रो संकेत नगर्ने, कुनै चलखेल हुनसक्छ भन्ने टिप्पणी गरेका छन् ।"राष्ट्रिय जनशक्ती पार्टीका अध्यक्ष सुर्यबहादुर थापा पनि यहि बेला दिल्ली जाने चर्चा चलेको थियो, तर थापाले आफू दिल्ली जाने कुरा साँचो नभएको बताएका छन्।तीन वर्षअघि माओवादी नेताहरु दिल्ली वरपर रहेकै वेला एकपछि अर्को गर्दै नेपाली नेताहरू स्वास्थ्य परिक्षण वा उपचारका लागि भन्दै दिल्ली पुगेका थिए।

No comments: