News

Mar 12, 2009

मुसा भगाउन घरपालुवा सेतो मुसाको प्रयोग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कार्यालयका कागजपत्र मुसाले खाएर चौपट पारेपछि भारतको हरियाणा प्रान्तका प्रहरीले कागजपत्र खाने मुसा भगाउन घरपालुवा सेता मुसालाई प्रयोग गरेको छ । भारतमा मुसाले अन्न खाएर तथा कार्यालयका महत्त्वपूर्ण कागजपत्र खाएर विभिन्न रेकर्डहरू नष्ट गर्ने ठूलो समस्या नै बनेको छ । मुसा भगाउन घरपालुवा सेतो मुसा प्रयोगले अहिले पशुविज्ञको ध्यान खिचेको छ । मुसाको समस्यासँग जुध्न थुप्रै आधुनिक प्रविधिहरू भए तापनि हरियाणाका प्रहरीले कार्यालयका औपचारिक कागजपत्र तथा प्रमाणहरू खाने मुसा धपाउने समाधान निकाल्न सकेको थिएन । कारनालको केन्द्रीय जिल्लामा त यसको समस्या विकराल छ । अदालतका कैयौं प्रमाण लेखिएका कागजपत्र मुसाले खाइदिएको छ । 'मुसाले प्रमाण कोठा नै कब्जा गरेका छन् । तर, हामी निरीह बनेका छौँ,' कारनालका सुपरीवेक्षक आर्सिन्दरसिंह चावला भन्छन् । 'यी मुसाहरू निकै हन्तकाली हुन्छन् । उनीहरू कागजपत्रदेखि दिएर कपडा र जुटका बोरासमेत चपाउँछन् । जुटका बोरामा अपराधीबाट जफत गरिएका लागूपर्दाथ, गैरकानुनी रक्सी, हातहतियार हामीले प्रमाणका रूपमा भण्डार गरेका हुन्छौँ । तर, मुसाले सबै खाएर प्रमाण चौपट पारिदिन्छ,' उनी भन्छन् । तर, अहिले यो समस्याको समाधान गर्ने हरियाणा प्रहरीले मुसाकै अर्का प्रजाति सेतो घरपालुवा मुसा प्रयोग गरेको छ । एक व्यक्तिले करिब एक महिनाअगाडि प्रहरीलाई मुसा भगाउन घरपालुवा सेतो मुसा प्रयोग गर्ने सल्लाह दिएका हुन् । कारनाल प्रहरीले ल्याबरोटरीबाट दुई सेता मुसा दुई सय रुपैयाँमा किनेको छ । 'सेतो मुसाले त गजबैको काम गरेको छ । प्रत्येक रात सेतो मुसालाई छोड्नेबित्तिकै कागजपत्र खाने मुसा त भागिहाल्छन्,' उनी भन्छन् ।

No comments: