News

Mar 12, 2009

बाराक ओबामा उत्कृष्ट लेखकको सूचीमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं

लन्डन/ संयुक्त राज्य अमेरिकाका राष्ट्रपति बाराक ओबामा बेलायतमा प्रत्येक वर्ष उत्कृष्ट जीवनी पुस्तक तथा सर्बोकृष्ट लेखकलाई दिइने ब्रिटिस बुक अवार्डको मनोनयनमा यस वर्ष परेका छन् । उनी सर्वोत्कृष्ट लेखक तथा यस वर्षको उत्कृष्ट जीवनी पुस्तकको मनोनयनमा परेका हुन् । ओबामाको पुस्तक 'द अड्यासिटी अफ होप' र 'डि्रम्स र्फम माई फादर' २००८ मा बेलायतमा बेस्ट सेलर बनेका थिए । गत वर्षका स्यामुयल जोनसन पुरस्कार जित्ने केट समरस्केल पनि यस वर्ष ब्रिटिस बुक अर्वाडमा मनोनीत भएकी छिन् । अवार्ड ३ अप्रिलमा लन्डनमा घोषणा गरिनेछ । राजनीतिमा प्रवेश गर्नुअगाडि नै ओबामाले 'डि्रम्स र्फम माई फादर' पुस्तक लेखेका थिए । यो पुस्तक १९९५ मा प्रकाशित भएको थियो । यस पुस्तकमा ओबामाका बाल्यकालका स्मृति समेटिएका छन् । श्वेत हजुरबुबा-आमासँग हुर्किर्एका अश्वेत ओबामाको स्मृति पनि पुस्तकमा उल्लेख छ । किशोरावस्थामा आफूले गरेको लागूपदार्थ दुव्र्यसनका बारेमा पनि उनले पुस्तकमा लेखेका छन् । वर्षको उत्कृष्ट जीवनीको प्रतिस्पर्धामा ओबामाको 'डि्रम्स र्फम माई फादर'ले जेजी बालार्ड, डन फ्रेन्च, पाल ओ ग्रान्डी, जुली वाल्टर्स र मार्कस टे्रस्कोथिकद्वारा लेखिएका पुस्तकसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । वर्षको सर्बोत्कृष्ट लेखकको प्रतिस्पर्धामा ओबामाले अमेरिकी लेखक स्टेफाइन मेयर, रोज टि्रमेन, डायना आटहिल, सेवासियन ब्यारी र अरबिन्द अडेगा रहेका छन् ।

No comments: