News

Mar 3, 2009

रक्षामन्त्री बादलले सेनाको विमान व्यक्तिगत र पार्टी काममा प्रयोग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
रक्षामन्त्री रामबहादुर थापा बादल’ ले नेपाली सेनाको विमान व्यक्तिगत र पार्टी काममा प्रयोग गर्न थालेपछि सरकारमा संलग्न दलहरूबीच मतभेद शुरू भएको छ।नेपाली सेनासँग रहेका सीमित विमान निजी र पार्टीको काममा प्रयोग भएको भन्दै सरकारमा सहभागी अन्य दलले त्यस्ता कार्य रोक्न आग्रह गरेका छन्। रक्षामन्त्री थापाले पार्टी काम वा अन्य काममा जानुभन्दा एक दिनअघि मात्रै सेनालाई हेलिकोप्टर पठाइदिन आदेश दिने र कहाँ कुन प्रयोजनका लागि जाने नखुलाउने र जाने बेलामा मात्रै आफनो प्रयोजन खुलाउने गरेकाले भ्रमणमा जान अप्ठेरो पर्ने गरेको सेनाको हवाई महाशाखा गौचरण स्रोतले जानकारी दियो।रक्षामन्त्री थापा आज मंगलबार तेह्रथुमको पार्टीको एउटा सभालाई सम्बोधन गर्न नेपाली सेनाको एमआई १७ हेलिकोप्टर लिएर त्यसतर्फजाने भएकाले हेलिकोप्टर तयारी हालतमा राख्न आदेश दिएको स्रोतले जानकारी दियो। थापा मन्त्री भएपछि पार्टी व्यक्तिगत काममा नेपाली सेनाको विमान दुइ दर्जनभन्दा बढी पटक प्रयोगमा ल्याइसक्नुभएको स्रोतले जानकारी दियो।

No comments: