News

Mar 12, 2009

पाँचथरका पत्रकारहरूले लिम्बुवानका समाचार नलेख्ने निर्णय

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्का कार्यकर्ताले कान्तिपुर सहकर्मी लवदेव ढुंगानाको सवारी साधनमा गरेको तोडफोडको विरोधमा पाँचथरका पत्रकारहरूले लिम्बुवानका समाचार नलेख्ने निर्णय गरेका छन् । उनीहरूले पत्रकारको सुरक्षाको ग्यारेण्टी र क्षतिपूर्ति उपलब्ध नगराएसम्म लिम्बुवानका कुनै पनि सकारात्मक समाचार नलेख्ने र उसले गरेका कुनै पनि कार्यक्रममा सहभागी नहुने निर्णय गरेका हुन् ।राजमार्गमा संकलन भइरहेको गैरकानुनी 'कर' र 'चन्दा' संकलनमा आफ्नो पार्टीको संलग्नता नभएको भन्दै परिषद्ले बुधबार फिदिममा आयोजना गरेको पत्रकार सम्मेलनमा उपस्थित पत्रकारहरू क्षतिपूर्ति नदिएसम्म लिम्बुवानको कार्यक्रम र समाचार बहिष्कार गर्ने जनाउँदै बाहिरिएका थिए । पत्रकार सम्मेलनमा परिषद्का जिल्ला सचिव लावाहाङ चेम्जोङले घटनालाई दुःखद भन्दै क्षमायाचना गरेका थिए ।उनले क्षतिपूर्ति उपलब्ध गराउने मौखिक सहमति जनाए पनि पत्रकारहरूले सञ्चार क्षेत्रमाथि आक्रमण नगर्ने लिखित प्रतिबद्दतासहित क्षतिपूर्ति नपाएसम्म लिम्बुवानको समाचार बहिष्कारको घोषणा गरेका थिए । थरुहट्को आन्दोलनप्रति ऐक्यबद्दता जनाउँदै परिषद्ले पूर्वका नौ जिल्लामा आव्हान गरेको आमहड्तालका क्रममा परिषद्का कार्यकर्ताले २७ गते कान्तिपुकर्मी ढुंगानाको मे.१.प २३७७ नम्बारको मोटरसाइकलसहित ५ वटा मोटरसाइकल तोडफोड गरेका थिए ।पत्रकारको स्वतन्त्र पेशामाथि आक्रमण भएको भन्दै स्वतन्त्र प्रेस संरक्षण संघर्ष समिति, पत्रकार महासंघ, प्रेस युनियन र प्रेस चौतारी, पाँचथरले राज्य परिषद्को समाचार नलेख्ने घोषणा गरेका छन् ।

No comments: