News

Mar 12, 2009

न्यूयोर्कमा जनजाति सांस्क्रितिक कार्यक्रम सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,न्यूयोर्क/नगेन्द्र इंनाम "आठ्ठरार्इली"
न्यूयोर्कमा गत शनिबार सांझ आदिवासी जनजाति महासंघ न्यूयोर्क शाखाको आयोजनामा दोश्रो विविध सांस्क्रितिक कार्यक्रमको भब्यरुपमा सम्पन्न भएको छ । काउन्सिल मेम्बर हेलेन सियर्सको प्रमुख अतिथ्यमा भएको सो कार्यक्रममा तामाङ समाज, नेवागुठि र किरात याक्थुङ चुम्लुङ युएसए ले दुई-दुईवटा न्रित्य प्रदर्शन गरेका थिएभने तमु समाजले कौडा नाच, लाङघाली संघले गीत, ह्योल्मो समाज, ग्याल्सुङ्दा समाज, मुगुम्बा संघ, नुग्री संघ, वालुङ समाज, ह्योल्मो आमा याङ्जी र शेर्पा किदुग युएसए संस्थाले आफ्नो परम्परागत स्याब्रुङ नाच प्रदर्शन गरेका थिए । मुस्ताङ समाज र थकाली समाजले समय अभावको कारण प्रदर्शन गर्न सकेनन । कार्यक्रमका अतिथि कलाकार गायीका ममता दीपबिमले दुई चरण गरेर "को होला मेरो मनमा सुस्तरी आई बस्ने ", "के यो मायां हो ?", "सुरिलो रुख सल्लै हो खोजेको तिमिले कल्लै हो?" र "जाउं जाउं मेलैमा.. .. ... ..".. बाट शुरु गरेर रिमिक्स गीतहरु गाएकी थिईन । त्यस्तै लोक गायक शम्भु राईकी छोरी पप गायीका सम्रिद्धा राईले -"लौ न सम्झे नि बिर्से नि झल्को आई रहने", गायीका सपनाश्रीले -"उकाली ओरालीहरुमा" र "हेरेको तिमीलाइ आंखाले होइन", युबा समुह ब्याण्डले-"नेपालीको छोरा म मेरो देश नेपाल", याशोधा खालिङले -"आप्पाकी कन्ये म छोरी", राजेश थापाले -" सुन छरे सुनैको खानिमा दिल बस्यो पोखरेली नानिमा" तथा गायक संजोक लामाले -"हेलम्बुको बाजारमा" र "मायांको डोरिले तिम्लाई बाधुंला" बोलका गीत गाएर दर्शकहरुलाई मनोरन्जन गराएका थिए । किरात याक्थुङ चुम्लुङ युएसएको ढोल नाचसंगको लिम्बू नाच, तमु सामाजको कौडा नाच र तामाङ समाजका धरमबीर र सोनाम लामाको युगल न्रित्यले उपस्थितिलाई निकै रुझाएको देखिन्थ्यो । न्रित्य निर्देशक धरमबीर लामाको डान्स स्कुलको तर्फबाट बाल कलाकारहरुको "माईतिघर" बोलको गीतमा न्रित्य प्रस्तुत गरिएको थियो । कार्यक्रममा उपाध्यक्षद्धय श्री लिला राई र कबिता शेर्पाले अतिथिहरुलाई खदा पहिर्याएर स्वागत गरेका थिएभने महासचिव दावाग्याल्पो पुनेलले उपस्थितिलाई स्वागत मन्तब्य दिएका थिए । राजेश थापा मगर र निमा लामाले संचालन गरेको सो कार्यक्रम अध्यक्ष सुबास लामाले कलाकारहरुलाई प्रमण-पत्र वितरण गरेपछि समापन भएको थियो ।

No comments: