News

Mar 12, 2009

थारुहरू र सरकारबीच दोश्रो वार्ता निष्कर्षविहिन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
दश दिनदेखि तराईमा चर्को आन्दोलन गरिरहेका थारुहरू र सरकारबीच दोश्रो दिन बुधवार भएको वार्ता पनि निष्कर्षविहिन भएको छ। मूख्य माग नै सरकारले पूरा गर्न नसक्ने बताएपछि वार्ता सफल हुन नसकेको थारु वार्ताकारहरुले जनाएका छन्।थारु वार्ता टोलीका नेता लक्ष्मण थारुले बीबीसीसंग कुरा गर्दै भने, “वार्ता मिलेन। हाम्रा मागबारे सरकारको तयारी देखिएन। मूख्य माग नै पूरा गर्न नसक्ने बताएकाले वार्ता सकारात्मक हुने कुरै भएन।”राज्यका प्रत्येक अंगमा जातीय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्वलाई संवैधानिक रुपमै सुनिश्चित गर्न सरकार तयार नभएको उनको भनाई थियो।भावि वार्ताको सम्भावनाबारे उनले भने, “हाम्रो मूख्य माग नै राज्यले अस्वीकार गरेकाले वार्ताको सम्भावना कम छ। हाम्रो आन्दोनल जारी रहन्छ।मंगलवारको वार्तामा थारु अगुवाहरु संगसंगै सरिक भएपनि बुधवारको वार्तामा आन्दोलनको एउटा मूख्य घटक थारु कल्याणकारी सभाका प्रतिनिधिहरु सहभागि भएनन्।कतिपयले यसलाई आन्दोलनकारी थारु अगुवाहरुमा विभाजन हुने संकेतको रुपमा लिएका छन्। तर सभाका महासचिव राजकुमार लेखिको भनाई छ, “आन्दोलनमा हामी फरक फरक संस्थाबाट सहभागि भएकाले सरकारले हामीसंग छुट्टाछुट्टै वार्ता गर्न चाहेको होला। हामीलाई बुधवारको वार्तामा बोलाइएको थिएन।”उनले सबै थारु संस्था एकसाथ आन्दोलनमा रहेको बताउँदै सरकारसंग केही दिन भित्रै आफ्नो संगठनको वार्ता हुने सम्भावना व्यक्त गरेका छन्। थारुहरुको आन्दोलनका कारण दश दिनदेखि तराईको जनजीवन निकै कष्टप्रद बनेको छ।सत्ताधारी र प्रतिपक्षि सातदलबीच बुधवार भएको बैठकले अन्य जातिको पहिचानलाई धक्का नपुग्ने गरी संविधान र कानून संशोधन गरेर भएपनि थारुहरुको माग पूरा गर्न सरकारलाई सुझाव दिएको थियो।

No comments: