News

Mar 6, 2009

सरकारी तवरबाट भाषिक सर्वेक्षण गरिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपालमै पहिलोपटक सरकारी तवरबाट भाषिक सर्वेक्षण गरिने भएको छ। नेपालका भाषाहरुको पहिचान, संरक्षण र संवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय योजना आयोगको पहलमा त्रिभुवन विश्वविद्यालय भाषाविज्ञान केन्द्रीय विभागले सो र्सवेक्षण गर्ने जिम्मा लिएको छ। सर्वेक्षणको औपचारिक शुरुआत शुक्रबार हुँदैछ। नेपालमा बोलिने भाषा र तिनका भाषिकाहरुको निर्धारण गर्ने, कुन भाषा कुन क्षेत्रमा बोलिन्छ त्यसको निक्र्योल गर्ने, भाषाका लिपि, प्रयोग र लेख्य परम्पराका बारे अनुसन्धान गर्नेलगायत उद्देश्य सो सर्वेक्षणको रहेको भाषाविज्ञान केन्द्रीय विभाग प्रमुख प्रा.डा. योगेन्द्रप्रसाद यादवले बिहीबार नेपाल समाचारपत्रलाई बताउनुभयो।

No comments: