News

Mar 6, 2009

सभासद् टोली साइकल चढेर गाउँ पुगे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भैरहवा/ नयाँ संविधान निर्माणका लागि राय-सुझाव संकलन गर्न सभासद् टोली साइकल चढेर गाउँ-गाउँ पुगेका छन् । थरुहट राज्य परिषद्ले आह्वान गरेको आमहड्तालले यातायात बन्द भएपछि सभासद्हरू साइकलबाट सुझाव संकलनमा जुटेका हुन् । सभासद् सपना प्रधान मल्ल र पार्वती कुमाल महतो बिहीबार साइकलबाट नवलपरासीको स्वाठी पुगेका थिए । बन्दहड्ताल भए पनि समयमै गाउँगाउँ पुगी सुझाव संकलन गरिने सभासद् प्रधानले बताइन् । ११ नम्बरको टोली तीनवटा टोली बनाई अहिले नवलपरासीमा तीन समूहमा विभाजित भएर सुझाव संकलन गर्दै आएको छ । सभासद् महेन्द्रध्वज जिसीको नेतृत्वमा एउटा टोली पहाडी गाविसमा गएको छ भने अलाउद्दिन अन्सारीको नेतृत्वमा अर्को टोली तराईका गाविसमा सुझाव संकलन गर्दै आएको छ ।

No comments: