News

Mar 6, 2009

अमेरिकी राष्ट्रपति नेपालसँग मिलेर कार्य गर्न इच्छुक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अमेरिकी राष्ट्रपति बाराक ओबामाले आफ्नो चारवर्षे कार्यकालमा शान्ति र मित्रताका आधारमा सुरक्षित विश्व निर्माणका निम्ति नेपालसँग मिलेर कार्य गर्ने इच्छा व्यक्त गर्नुभएको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले श्री ओबामालाई अमेरिकाको राष्ट्रपति पदमा निर्वाचित हुनुभएपछि पठाउनुभएको शुभकामना सन्देशको जवाफमा राष्ट्रपति ओबामाले सो इच्छा व्यक्त गर्नुभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।प्रधानमन्त्रीलाई सम्बोधन गरी लेखिएको पत्रमा राष्ट्रपति ओबामाले आफूले राष्ट्रपतिको कर्तव्य र जिम्मेवारी लिएपछि प्रधानमन्त्री दाहालद्वारा अभिव्यक्त 'उत्साहका शब्द'प्रति सराहना पनि व्यक्त गर्नुभएको छ ।

No comments: