News

Mar 2, 2009

बेनजियाबाओले पहिलोपटक नागरिकसँग अनलाइन गफ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बेइजिङ/ चिनियाँ प्रधानमन्त्री बेनजियाबाओले पहिलोपटक आफ्ना नागरिकसँग अनलाइन गफ गरेका छन् । उनले बेरोजगारी, धनी र गरिबबीचको खाडल प्रजातन्त्रका लागि सामाजिक न्यायलगायतका तीन हजारभन्दा बढी प्रश्नको सामना गर्नुपरेको थियो । 'तपाईंहरूका सबै प्रश्नको जवाफ म एक्लैले दिन सक्छु जस्तो त लाग्दैन, तर म यहाँ पवित्र मन लिएर सत्य बोल्न आएको छु,' करिब दुई घन्टाको वार्तामा बेनले भने । सिन्ह्वा समाचार संस्था र केन्द्रीय सरकारबाट संयुक्त रूपमा सञ्चालित वेबसाइटमा बेनले जनताको प्रश्नको जवाफ दिएका थिए । चीनका देस्रा वरिष्ठ अधिकारीले आफ्नो वाषिर्क कार्य विवरण प्रतिवेदन राष्ट्रिय सभामा प्रस्तुत गर्न केही दिन बाँकी छँदा बेनले अनलाइन वार्ता गरेका हुन् । गत जुन महिनामा राष्ट्रपति 'हु'ले पिपल्स डेलीको वेबसाइटमार्फत जनतासँग छोटो प्रश्नोत्तर गरेका थिए । च्याटको कठिनाइबारे सचेत रहेका बेन हरेक दिनजसो इन्टरनेट चलाउने र कहिलेकाहीँ एक घन्टासम्म पनि नेटमा बिताउने गरेको जस्तो देखिन्थ्यो । स्थानीय इन्टरनेट फोरमहरूबाट आएका करिब पचास लाख प्रश्नको एकमुष्ट जवाफ दिँदै हुले च्याट सुरु गरेका थिए । चीनले सम्बोधन गर्नुपर्ने मुद्दाबारे म निकै सचेत छु, साथै देशमा विद्यमान जटिलता र प्रधानमन्त्रीको जिम्मेवारीप्रति पनि सचेत छु,' हुले भने ।

No comments: