News

Mar 2, 2009

ईश्वरका लागि अल्लाह लेखेमा प्रतिबन्ध खुला

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
क्वालालम्पुर/ मलेसियाली सरकारले ईश्वरका लागि अल्लाह लेखेमा इसाई प्रकाशनमाथिको प्रतिबन्ध खुला हुने नयाँ आदेश खारेज गर्ने भएको छ । गृह-मामिलामन्त्री सैयद हमिद अलबरले पहिलेको आदेशमा मुसलमानका लागि यो सामग्री होइन भनी जनाउ दिनेखालको हुनुपर्ने बताए पनि सो गलत भएको बताए । तर, यो आदेश इस्लामिक समूहहरूले शब्दको ससर्त प्रयोग गर्ने भनिए पनि यसले देशका बहुसंख्यक धर्मावलम्बीलाई क्रुद्ध तुल्याउने भनी चेतावनी दिएपछि आएको हो । एक वरिष्ठ अधिकारीले शब्दलाई व्याख्या गर्दा गल्ती भएको बताए । यसले गर्दा भ्रम उत्पन्न भएको थियो । इस्लामबाहेक अन्य धर्मका लागि 'अल्लाह' शब्द प्रयोग गर्नाले इस्लामहरूमा भ्रम उत्पन्न हुन सक्छ । यो मन्त्रालयको अडान हो, बदल्न सकिन्न,' नाम उल्लेख गर्न नचाहने ती अधिकारीले बताए । ती अधिकारीले मन्त्रालयले पुरानो आदेश खारेज गरी नयाँ आदेश जारी गर्ने र प्रतिबन्धलाई फेरि प्रभावकारी तुल्याउन चाहेको बताए । यस विवादले मलेसियामा बढ्दो धार्मिक तनावको संकेत गरेको छ । त्यहाँ दुई करोड सत्तरी लाख जनसंख्याको ६० प्रतिशत मुसलमान मलय रहेका छन् । जनसंख्याको एक-तिहाइ चिनियाँ र भारतीय मूलका मानिसको बसोबास छ र उनीहरूमध्ये धेरैले इसाई धर्म मान्छन् । मलेसियाका अल्पसंख्यकले बहुसंख्यक मुसलमानबहुल सरकारबाट स्वतन्त्रतापूर्वक आफ्नो धर्म मान्ने स्वतन्त्रतामाथि आघात पुगेको गुनासो गरेको पाइन्छ । उनीहरू हिन्दू मन्दिरको विनाश गर्ने तथा धर्मान्तरणमा हुने विवादलाई उदाहरणका रूपमा अघि सार्ने गरेका छन् । सरकारले भने यस्तो भेदभाव नगरेको भनी खण्डन गरिआएको छ । मुलुकको प्रमुख रोमन क्याथोलिक चर्चको अखबार द हेराल्डले गैरमुसलमानलाई सो शब्द प्रयोग गर्न लगाइएको सरकारी प्रतिबन्धलाई चुनौती दिँदै मुद्दा दायर गरेको छ । अखबारले सो अरबी शब्द ईश्वरका निम्ति इस्लामभन्दा धेरै अघिदेखि शताब्दीयौँसम्म उच्चारण गरिने र मलयमा अनुदित साझा शब्द भएको बताएको छ । सम्पादक रेभरेन्ड लरेन्स एन्ड्रयुले सरकारको परिवर्तित नीतिबारे अखबारलाई कुनै जानकारी नआएको बताएका छन् । उनले भने, 'दुर्भाग्यवश हामीले थोरै समय मात्र राहत पाउनुपर्‍यो ।'

No comments: