News

Mar 4, 2009

राष्ट्रपति बाराक ओबामाले आफ्ना रुसी समकक्षीलाई गोप्यपत्र

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वासिङ्टन/ राष्ट्रपति बाराक ओबामाले आफ्ना रुसी समकक्षीलाई गोप्यपत्र पठाएको अमेरिकी अधिकारीहरूले खुलासा गरेका छन् । ओबामाले गत महिना राष्ट्रपति दिमित्री मेदभेदेवलाई पत्रलेखि इरानलाई लामो दूरीको हतियार पठाउन बन्द गरे अमेरिकाले पूर्वी युरोपमा पठाउन लागेको मिसाइल रक्षा प्रविधि फिर्ता गर्ने प्रस्ताव गरेका हुन् । अमेरिकी उच्च प्रशासनिक अधिकारीले राष्ट्रपति मेदभेदेवलाई मस्कोमा तीन हप्ताअघि पत्र हस्तान्तरण गरिएको बताइएको छ । 'यदि इरानलाई आणविक युद्ध शीर्ष र ब्यालेस्टिक मिसाइल बनाउनबाट रोकिन्छ भने संयुक्त राज्य अमेरिकाले प्रतिरक्षा प्रणालीलाई निरन्तरता दिइरहनु आवश्यक छैन,' पत्रमा भनिएको छ । पूर्वी युरोपमा मिसाइल प्रतिरक्षा प्रणाली स्थापना गर्ने बुस प्रशासनको योजनाको रुसले विरोध गर्दै आएको छ । सिधै प्रस्ताव नगरिएको भए पनि पत्रको आशय इरानविरुद्ध मस्कोलाई पनि अमेरिकासँगै हिँडाउनुरहेको बताइएको छ । रुससँगको सैनिक, कूटनीतिक र व्यापारिक सम्बन्धका कारण तेहरान उत्साहित देखिन्छ । तर, अमेरिकाले भने कडा रबैया अपनाउँदै आएको छ । मस्कोले अहिलेसम्म पत्रको प्रतिक्रिया जनाइसेको छैन । तर, विदेमन्त्री सर्गेयी लाभरोभले मिसाइल प्रतिरक्षा प्रणालीबारे अमेरिकी विदेशमन्त्री हिलारी रोडहाम क्लिन्टनसँग आगामी शनिबार जेनेभामा छलफल गर्ने बताइएको छ ।

No comments: