लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले आन्दोलनरत थारू समुदायका जुनसुकै मागउपर वार्ता गर्न र
वार्ताका माध्यमबाट नै सम्पूर्ण समस्या समाधान गर्न सरकार तत्पर रहेको हुँदा आन्दोलनका सम्पूर्ण कार्यक्रमहरू स्थगन गरी वार्तामा आउन आहृवान गर्नुभएको छ ।प्रधानमन्त्री प्रचण्डले शनिबार सो आहृवान गर्नुभएको हो । "केही दिनदेखि आˆना विभिन्न माग राखी मुलुकका विभिन्न भागमा संयुक्त थरुहट सङ्घर्ष समिति, संयुक्त लोकतान्त्रिक थारू सङ्घर्ष समिति, थारू राष्ट्रिय मुक्ति मोर्चा, थारू कल्याणकारी परिषद्, नेपाल लोकतान्त्रिक थारू सङ्घलगायतका सङ्घ/संस्थाले गरेको आन्दोलनप्रति नेपाल सरकार अत्यन्त संवेदनशील भएको छ । आहृवानका क्रममा प्रधानमन्त्रीले भन्नुभएको छ, "ऐतिहासिक रूपमा नै थारू समुदाय आˆनो विशिष्ट पहिचानसहितको नेपालको आदिवासी/जनजाति भएको हुँदा सो समुदायको परम्परादेखि नै छुट्टै स्वतन्त्र पहिचान रहिआएको छ । थारू समुदायको आˆनो छुट्टै स्वतन्त्र पहिचान हुनुपर्ने मागहरूप्रति नेपाल सरकार अत्यन्त सकारात्मक छ । आन्दोलनको क्रममा भएको जनधनको क्षतिप्रति म अत्यन्त दुःखी छु र पीडित पक्षलाई उचित राहत, क्षतिपूर्ति तथा सम्मानको व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको कुरा जानकारी गराउँछु । आन्दोलनको दौरानमा भएका घाइतेहरूको निःशुल्क उपचारका लागि आवश्यक व्यवस्था गर्न गृह मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई आवश्यक निर्देशन दिइसकेको छु," प्रधानमन्त्रीले भन्नुभएको छ ।आन्दोलनरत थारू समुदायका जुनसुकै मागउपर वार्ता गर्न सरकार तयार रहेको र वार्ताका माध्यमबाट नै सम्पूर्ण समस्या समाधान गर्न सरकार तत्पर रहेको हुँदा आन्दोलनका सम्पूर्ण कार्यक्रमहरू स्थगन गरी वार्तामा आउन आन्दोलनरत सबै सङ्घ/संस्थाका प्रतिनिधिहरू तथा सम्बद्ध सबैलाई नेपाल सरकारको प्रधानमन्त्रीको हैसियतले म आहृवान गर्दछु," प्रधानमन्त्रीले भन्नुभएको छ । प्रधानमन्त्रीले आˆनो आहृवानमा भन्नुभएको छ- "साथै, थारू समुदायलगायत मुलुकका कुनै पनि जाति, जनजाति वा समुदायको स्वतन्त्र र विशिष्ट पहिचानमा आँच आउने गरी अन्य कुनै समुदायमा सूचीकृत, वर्गीकृत वा समावेश गर्ने पक्षमा नेपाल सरकार नरहेको कुरा पनि स्पष्ट पार्न चाहन्छु ।"

No comments:
Post a Comment