News

Mar 7, 2009

अल्बर्ट आइन्सटाइनको प्रमाणपत्र लिलाम गरिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
ज्युरिच विश्वविद्यालयबाट अल्बर्ट आइन्सटाइनले सन् १९०६ मा प्राप्त गरेको विद्यावारिधिको प्रमाणपत्रलाई आगामी जुनमा लिलाम गरिने भएको छ ।सन् १९०९ मा जेनेभा विश्वविद्यालयले आइन्सटाइनलाई प्रदान गरेको मानार्थ विद्यावारिधिको प्रमाणपत्र पनि लिलाममा राखिने जानकारी लिलामकर्ता फिसर गेलेरीले आज दिएको छ ।भौतिक विज्ञानमा क्रान्ति ल्याउने आइन्सटाइनले 'अ न्युडिटमिनेसन अफ मोलिक्युलरबाट डाइमेन्सन्स' विषयमा शोधपत्र तयार पारेपछि ज्युरिच विश्वविद्यालयको गणित तथा प्राकृतिक विज्ञान विभागले फिलोसोफीमा विद्यावारिधि उनलाई प्रदान गरेको थियो । सो सेाधपत्रमा आइन्सटाइनले परमाणुको आकार कसरी निर्धारण गर्न सकिन्छ भन्ने सिद्धान्त प्रस्तुत गरेका थिए । त्यसै वर्ष आइन्सटाइनले प्रख्यात सूत्र र बराबर एमसी स्क्वायर तयार परेका थिए ।

No comments: