News

Mar 7, 2009

त्रिशुली नदीमा खसेर जीपसँगै बेपत्ता सेनाका कर्णेल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पृथ्वी राजमार्ग अन्तर्गत चितवनको दारेचोक गाविस-२ चुम्लिङबाट त्रिशुली नदीमा खसेर जीपसँगै बेपत्ता भएका रणशार्दुल गण बुटवलमा कार्यरत नेपाली सेनाका कर्णेल शंकर लामिछानेको मृत्यु भएको छ । लामिछाने चढेको बा.१.झ ५१८१ नम्बरको सेनाको जीप शनिबार बिहान करीब सात बजे सडकबाट एक सय फिट तल त्रिशुलीमा खसेको थियो ।उनीसँगै नदीमा खसेका हवल्दार महेश बंजुर र सिपाही नारायण पौडेल भने बाँच्न सफल भएका छन् । उनीहरूको भरतपुरस्थित सरकारी अस्पतालमा उपचार भैरहेको छ । उनीहरूको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।अपरान्ह क्रेनको सहायताबाट जीपसहित लामिछानेको शव नदीबाट निकालीएको प्रहरीले जनाएको छ । उनको शव जीप भित्रै रहेको थियो । दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरी उपरीक्षक ज्ञानविक्रम शाहले जानकारी दिए ।

No comments: