News

Apr 4, 2009

अन्धाधुन्ध गोली प्रहार गर्दा १३ मारिए अमेरिकामा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
न्युयोर्क/ संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहरमा एक व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गर्दा १३ मारिएका छन् । अमेरिकन सिभिक एसोसिएसन कमिनिटी सेन्टरको भवनमा बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गरेका थिए । गोली प्रहार गरेपछि बन्दुकधारीले आफैलाई गोली प्रहार गरेर आत्महत्या गरेका थिए । गोली प्रहारमा चार गम्भीर घाइते भएका प्रहरीले बताएको छ । सेन्टरभित्र मानिसहरू अमेरिकी नागरिकताका लागि परीक्षा दिइरहेको वेला सेन्टरभित्र बन्दुकधारी छिरेर अन्धाधुन्ध गोली प्रहारको गरेको थियो । ४० जना गोली प्रहार भएको भवनबाट भाग्न सफल भए । गोली प्रहारको जिम्मा पाकिस्तानका तालिवान प्रमुख बैतुल्ला महसुदले लिएका छन् । तर, आफ्नो दाबीको पृष्टि भने उनले गरेनन् । भियतनामी अमेरिकन जिर्भेली भोङले अन्धाधुन्ध गोली प्रहार गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । घटनाको थप छानबिन भइरहेको छ ।

No comments: