News

Apr 5, 2009

प्रस्तावित राजदूत सुरेश प्रधान अयोग्य भएको बयान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं

प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार हिराबहादुर थापाले आइतबार संसदीय सुनुवाइ विशेष समिति समक्ष जर्मनीका लागि सरकारद्वारा प्रस्तावित राजदूत सुरेश प्रधान अयोग्य भएको बयान दिएका छन् ।
परराष्ट्र मन्त्रालयका वर्तमान सहसचिव एवं प्रवक्ता प्रधानले नेपाल-चीन शान्ति तथा मैत्री सन्धि पुनरावलोकनका लागि चीनले प्रस्तुत गरेको गोप्य मस्यौदा संचारमाध्यममा सार्वजनिक गरेर पदीय मर्यादाको उल्लंघन गरेको थापाको आरोप छ । प्रधानको नाम राजदूत नियुक्तिको लागि सिफारिस भएपछि संसदीय सुनुवाइ विशेष समितिले उजुरीको लागि सूचना जारी गरे लगत्तै उनले समितिमा लिखित उजुरी दिएका थिए ।उक्त उजुरीबारे थप कुरा बुझ्न समितिले उनलाई सिंहदरवारस्थित समितिको बैठक कक्षमा बोलाएको थियो ।यसैबीच वेलायतका लागि राजदूत सिफारिस गरिएका रामस्वार्थ राय र अमेरिकाका लागि सिफारिस राजदूत सुकदेव साह विरुद्ध उजुरी दिएका रामदयाल राकेश र अमर यादव भने सुनुवाइमा उपस्थित भएनन् ।समिति सम्बद्ध श्रोतका अनुसार दुबै जनाले फ्याक्स मार्फत आफूहरुले उजुरी गरेको नभइ आफ्नो नामबाट अरु कसैले उजुरी गरेको बताएका छन् ।प्रस्तावित तीनै राजदूतको सुनुवाइ चैत्र २५ गते विहान ८ बजे हुने भएको छ । ७२ सदस्यीय संसदीय सुनुवाइ बिशेष समितिको सर्वसम्मत निर्णयबाट प्रस्तावित राजदूतको नाम सिफारिस हुने प्रावधान छ ।

No comments: