News

Apr 4, 2009

दलहरुवीच सहमतीले संसदको वैठक स्थगित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
दलहरुवीच सहमती बन्न नसकेपछि व्यवस्थापिका संसदको वैठक स्थगित भएको छ । व्यवस्थापिका संसदको वैठक सूचना टाँसेर गरेर चैत २५ गतेसम्मको लागि स्थगित गरिएको छ । वैठक चैत २२ गते दिनको तीन बजेको लागि बोलाइएको थियो । कार्यब्यवस्था परामर्श समितिको बैठकमा वैठक सुचारु गर्ने विषयमा दलहरुवीच सहमति बन्न नसकेपछि बैठक सुचना मार्फत स्थगित गरिएको हो ।नेकपा एमालेले बुटवलमा हत्या भएका आफ्न कार्यकर्ता प्रचण्ड थैवका हत्यारालाई पक्राउ नगरेसम्म तथा काग्रेस र तपलोपाले प्रधानमन्त्रीको प्रतिवद्धता पुरा नभएसम्म बैठक चल्न नदिने अडान राखेको छ ।आजको बैठकमा उपप्रधानमन्त्री एवं गृह मन्त्री बामदेव गौतमले 'मतदाता नामावली सम्बन्धी पहिलो संशोधन अध्यादेश २०६५' कानून, न्याय तथा संविधानसभा व्यवस्था मन्त्री देव प्रसाद गुरुङ्गले 'सार्वजनिक सेवालाई समावेशी बनाउने सम्बन्धमा केही नेपाल ऐनलाई संशोधन गर्न अध्यादेश २०६५' र शान्ति तथा पुनर्निर्माण मन्त्री श्री जनार्दन शर्माले 'व्यक्ति बेपत्ता पार्ने कसूर र सजाय अध्यादेश २०६५' पेश गर्ने कार्यक्रम रहेको थियो ।

No comments: