News

Apr 7, 2009

अज्ञात समूहले गरेको खुकुरी प्रहारबाट प्रहरी जवान घाइते

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जीपमा आएका अज्ञात समूहले गरेको खुकुरी प्रहारबाट कुनाथरी-४ बड्डीचौरस्थित अस्थायी प्रहरी पोष्टका दुई जना प्रहरी जवान घाइते भएका छन् । उक्त समूहले प्रहरी चौकी तोडफोड समेत गरेको छ ।सोमबार राति करिव ११ बजेतिर सुर्खेतबाट कालिकोट जान लागेको जीप चेकजाँच गर्दा अँध्यारोमा अन्धाधुन्ध खुकुरी प्रहार गर्दा प्रहरी जवान शमशेर खड्का र प्रकाश गिरी घाइते भएका हुन् ।कालिकोट जान लागेको लु १ ख १६७८ नम्वरको जीपको छतमा बसेका यात्रुहरुलाई प्रहरीले ओर्लन निर्देशन दिएपछि भएको विवादका कारण आफूहरुलाई खुकुरी प्रहार गरेको घाइते प्रहरी जवान गिरीले बताए ।अज्ञात समूह र प्रहरीबीच भएको झडपपछि उनीहरुले अस्थायी प्रहरी पोष्ट तोडफोड गरेको स्थानीय बासिन्दाले जनाएका छन् ।कुनाथरी-४ बड्डीचौर अस्थायी प्रहरी पोष्टमा प्रहरी सहायक निरिक्षकको कमाण्डमा ६ जना प्रहरी जवान खटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।खुकुरी प्रहार गर्ने समूहका बारेमा अहिलेसम्म केही खुल्न सकेको छैन भने उनीहरु चढेको जीप सहित चालकलाई तल्लोढुङ्गेश्वरबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यलय सुर्खेतले जनाएको छ ।घाईते दुबै जना प्रहरीको क्षेत्रीय अस्पताल सुर्खेतमा उपचार भईरहेको छ ।

No comments: