News

Apr 7, 2009

प्रधानमन्त्री खुलामञ्चमा धुरु-धुरु रोए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकीकृत माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल खुलामञ्चमा सोमबार अपराह्न धुरु-धुरु रोए । जनआन्दोलन दिवसको उपलक्ष्यमा माओवादीद्वारा आयोजित सभालाई सम्बोधन गर्न पुगेका प्रचण्ड जनयुद्ध तयारी पूर्व आफ्ना कार्यकर्ता महिलामाथि भएको बलात्कारको घटना सम्झेर रोएका हुन् । पुनः सम्हालिएर उनले सरकार अब चमत्कार गर्ने तयारीमा लागेको बताए । ०४६ सालको जनआन्दोलनपछि राजा वीरेन्द्र र दलहरूबीच भएको सम्झौताको विरोधमा उत्रेका वेला आफ्ना कार्यकर्तालाई अन्धाधुन्द गोली हानिएको र दुई दर्जन निर्दोष मान्छे मारिएको संस्मरण सुनाएलगत्तै प्रधानमन्त्री प्रचण्डको गला अबरुद्ध भयो । 'शान्तिपूर्ण आन्दोलनमा हामी थियौँ, अन्धाधुन्द गोली हानियो र सबै हत्यारा सरकारमा बसिरहे' गला अडि्कएपछि प्रचण्डले मसिनो स्वरमा भने, 'हामी संसद्भित्रै थियौँ । शान्तिपूर्ण संघर्षमै थियौँ । बडो शान्तिपूर्ण र सालीन किसिमको आन्दोलन थियो, त्यो । तर, आन्दोलन दबाउनका निम्ति काठमाडौंको मुटुमा गोली चल्यो । दुई दर्जन बढी मानिस मारिए ।' त्यतिवेला संसद्मा रहेको तत्कालीन एकताकेन्द्रको खुला संगठन संयुक्त जनमोर्चाले संसद्भित्र र बाहिर हत्याको विरोध गरेको र हत्यारालाई कारबाही गर्न आवाज उठाएको सुनाउँदा प्रचण्ड थप भावुक भएका थिए । 'हामी पूरै शान्तिपूर्ण थियौँ, त्यतिवेला,' प्रचण्डले थपे, 'सबै हत्यारा सरकारमा बसिरहे, सरकारको नेतृत्व गरिरहे । जनताका छोराछोरी मारिएको मारियै भए ।' शान्तिपूर्ण ढंगले रोल्पा, रुकुम धनुषा, सिराहा, सिन्धुली, गोरखा, चितवन तथा देशका विभिन्न भागमा जनआन्दोलन गरिरहेको उल्लेख गर्दै उनले भने, 'त्यतिवेलाको सरकार आफूलाई लोकतान्त्रिक भन्थ्यो, लोकतन्त्र आएको प्रचारबाजी गथ्र्यो । मलाई त अनौठो लाग्छ ।' त्यसपछि प्रचण्ड बोल्न सकेनन् । 'महिलामाथि सामूहिक हत्या भएको प्रसंग टुंग्याउन नपाउँदै प्रधानमन्त्री प्रचण्ड घुँक्क-घुँक्क गर्दै रोएका थिए र उनी केहीबेर बोल्नै सकेनन् ।

No comments: