News

Apr 9, 2009

संसद् अझै सत्तासाझेदारी दलहरुबाट अवरुद्ध

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकीकृत नेपाल कम्युनिस्ट पार्टी माओवादीले बुटवल हत्याकाण्डका अभियुक्त आफ्ना कार्यकर्तालाई पार्टी कारबाही गरेको तथा कानुनी दायरामा ल्याउन प्रयत्न गरिएको जानकारी दिए पनि व्यवस्थापिका-संसद्को बैठक बुधबार पनि नियमित कार्यसूचीमा प्रवेश गर्न सकेन ।बुटवलमा नेपाल कम्युनिस्ट पार्टी एमाले सम्बद्ध कार्यकर्ता प्रचण्ड थैवको हत्यामा संलग्न अभियुक्त माओवादी सम्बद्ध कार्यकर्ता सुजित बि.क.लाई माओवादी लडाकुको अस्थायी शिविर (क्यान्टुनमेन्ट)मा संरक्षण दिइएको आरोप लगाउँदै एमालेले अभियुक्तलाई कानुनी कारबाहीका लागि प्रहरीमा बुझाउनुपर्ने अडान राखेको थियो ।साथै प्रमुख विपक्षी नेपाली काङ्ग्रेसले विगतमा प्रधानमन्त्रीले सदनमा व्यक्त गर्नुभएको प्रतिबद्धताको कार्यान्वयनको अवस्था तथा विगतका सहमति र सम्झौताको कार्यान्वयनबारे प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्ने प्रतिपक्षीको माग रहेको थियो ।थैवको हत्याका अभियुक्तलाई संरक्षण दिइएको आरोप अस्वीकार गर्दै आएको माओवादीले बुधबार अभियुक्त सुजितलाई पार्टीले कारबाही गरेको जानकारी दिएको थियो तर एमालेले उनलाई प्रहरीमा बुझाउनैपर्ने अडान राखेको थियो ।यिनै अडानका कारण बुधबार अपराहृन पौने तीन बजे बैठक सुरु भए पनि दलीय आधारमा बोल्दै आरोप प्रत्यारोपमा तीन घण्टा खर्च गरिएपछि बैठक स्थगित गरिएको थियो ।नेकपा एमालेका रामजीप्रसाद शर्मा तथा काङ्ग्रेसका शोभाकर पराजुलीले आ-आफ्ना दलीय अडान दोहोर्‍याउँदै बैठक बहिष्कार गर्ने घोषणा गर्नुभएपछि सभामुख सुवास नेम्वाङले चैत २९ गते शनिबार अपराहृन तीन बजेसम्मका लागि बैठक स्थगित गर्नुभएको थियो ।यसअगाडि दिउँसो सभामुख नेम्वाङले सदन सुचारु ढङ्गले सञ्चालन गराउने सन्दर्भमा एमाले अध्यक्ष झलनाथ खनाललाई आग्रह गर्नुभएको थियो । त्यसपछि खनालले प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग 5mलफल गर्नुभएको थियो । त्यसपछि सभामुखले सबै दलका सचेतकहरूलाई राखेर छलफल गर्नुभएको थियो तर यी सबै प्रयत्न सफल भएनन् ।बैठक सुरु भएपछि समय लिएर काङ्ग्रेसका डा. प्रकाशशरण महतले सरकारको नेतृत्वकर्ता माओवादी अन्तरिम संविधान, लोकतान्त्रिक मूल्य मान्यता, शान्ति सम्झौता र सहमतिविपरीत चलिरहेको आरोप लगाउनुभएको थियो ।उहाँले राज्य संयन्त्रमा हस्तक्षेप नहुने, लोकतान्त्रिक मूल्य मान्यताप्रतिको प्रतिबद्धता रहेको विश्वसनीय आधार नदेखाएसम्म सरकारलाई सहयोग गर्न नसकिने बताउनुभएको थियो ।यसपछि एमालेका सावित्रा भुसालले प्रचण्ड थैवका हत्यारा, जितपुर फेदीका विवेक देवकोटामाथि आक्रमण गरेका अभियुक्तलाई पनि माओवादीले संरक्षण नदिई प्रहरीमा बुझाउनैपर्ने माग गर्नुभएको थियो । सरकारमा सँगै रहेका पार्टीहरूप्रति छलकपट गरिन्छ भने जनतालाई के गरिएला ? उहाँको प्रश्न थियो ।

No comments: