News

Apr 7, 2009

इटालीमा भूकम्पबाट मर्नेहरूको संख्या दुई सय नाघ्यो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
लाक्विला/ इटालीमा सोमबार गएको शक्तिशाली भूकम्पबाट मर्नेहरूको संख्या दुई सय सात पुगेको छ । साथै अन्य १५ सय घाइते भएका छन् । इटालीमा शक्तिशाली भूकम्पपछि उद्दारकर्मीहरूले जीवितहरूको खोजीकार्य जारी राखेका छन् । विगत तीन दशकमा सोमबार गएको भूकम्प सबैभन्दा धेरै विध्वंसकारी मानिएको छ । मंगलबार बिहानैदेखि उद्धारकर्मीले ठुल्ठूला बत्ती बालेर भग्नावशेष पन्छाउने र जीवितको उद्धारकार्यलाई तीव्रता दिएका छन् । इटालीको पर्वतीय सहर लाक्विलासहित नजिकैका गाउँहरूका अधिकांश घर ध्वस्त भएका छन् । त्यस क्षेत्रमा भग्नावशेषहरूको थुप्रोबाट आफूहरूले एक सय व्यक्तिलाई जिउँदै उद्धार गरेको दमकलका कर्मचारीले बताएका छन् । भूकम्पबाट आपेनिन पर्वतवरिपरिका उपत्यकामा रहेको लाक्विलाका २६ वटा सहर प्रभावित भएका छन् । उद्धारमा खटिएका अधिकारीले नजिकैको बनना गाउँका सबै घर भत्किएका र ३८ जनाको मृत्यु भएको बताएका छन् । ७० हजार जनसंख्या भएको लाक्विलाका हजारौं घरबारविहीन पर्वतीय चिसो हावाबीच टाँगिएको पालमा आश्रय लिइरहेका छन् । भूकम्पपीडितका लागि सरकारले पालको व्यवस्था गरेको हो ।

No comments: