News

Apr 4, 2009

पूर्वराजा ज्ञानेन्द्रले 'बेबी किङ’को पक्षमा छलफल थाले

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
करिब एक महिना लामो भारत बसाइका क्रममा भारतीय नेताहरू सगको भेटपछि 'बेबी किङ’ को पक्षमा सकारात्मक दृष्टिकोण पाएपछि पूर्वराजा ज्ञानेन्द्रले बेबी किङलाई कसरी स्थापना गर्न सकिन्छ भन्ने विषयमा छलफल शुरू गर्नुभएको छ। पूवराजा ज्ञानेन्द्रले बिहीबार साझ तीन जना भारतीय नातेदार र उहाकै निजी उच्च कर्मचारीहरू सग निर्मल निवासमा छलफल गर्नुभएको थियो।साझ ६:३० बजे निर्मल निवास पुगेका पशुपतिभक्त महर्जन, डा. फणिराज पाठक, मधुसूदन तिमल्सिना र सागर तिमल्सिनाका साथमा भारतीय नातेदारसग छलफल गर्नुभएको थियो।निर्मल निवासमा आएका भारतीय नातेदारहरूलाई पूर्वराजा ज्ञानेन्द्रले मान्नुपर्ने भएकाले दर्शन गर्नुभएको थियो। राजपरम्पराअनुसार आफूभन्दा साना नातेदारलाई दर्शन गर्ने चलन छैन। पूर्वराजा ज्ञानेन्द्रले दर्शन गर्नुभएका ती भारतीय नातेदार को थिए भन्ने निर्मल निवासका कर्मचारीहरूले पनि चिन्न सकेनन्।राति करिब साढे १० बजेसम्म भएको छलफलमा 'बेबी किङ’ बनाउने तय गरिएका पारसपुत्र हृदयेन्द्रलाई कसरी स्थापित गर्ने भन्ने विषयमा छलफल भएको थियो।'बेबी किङकै विषयमा छलफल भएको थियो’, स्रोतले नेपाल समाचारपत्रसग भन्यो( 'राजपरम्पराअनुसार नातिलाई कसरी राजगद्दी उत्तराधिकारी बनाउने भन्ने विषयमा पूवराजाका कर्मचारीले सल्लाह दिएका थिए।’बिहेको निम्तो मान्न गत फागुन १४ गते भारत पुगेका पूवराजा ज्ञानेन्द्रले भारतीय कांग्रेस पार्टी अध्यक्ष सोनिया गान्धी, विपक्षी दलका नेता लालकृष्ण आडवाणी, गुजरातका मुख्यमन्त्री नरेन्द्र मोदी, मध्यप्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानलगायतसग भेट गर्नुभएको थियो।भेटका क्रममा पूर्वराजा ज्ञानेन्द्रले नेपालमा राजतन्त्र पुर्नस्थापना गर्न 'बेबी किङ’ को प्रस्ताव अघि बढाउनुभएको थियो।निजी सचिव सागर तिमल्सिनाका साथ भारत पुगी फर्किएका पूवराजा ज्ञानेन्द्रले यही चैत १२ गते नेपाल आउनासाथ आफ्ना नजिकका कर्मचारीसग भारत भ्रमणको विषयमा जानकारी गराउनुभएको थियो।उहाले हिजो शुक्रबार राति साढे आठ बजेदेखि शाही नातेदारसग समेत छलफल गर्नुभएको थियो।चैते दशैंसगै निमन्त्रणा गरिएका शाही नातेदारसग 'बेबी किङ’ कसरी स्थापित गर्ने भन्ने विषयमा सबैसग राय लिनुभएको स्रोतले बतायो।शुक्रबारलाई शुभ दिन ठान्ने पूवराजा ज्ञानेन्द्रले 'बेबी किङ’ बनाउने विषयमा पनि सोही बार पारेर छलफल गर्न थाल्नुभएको स्रोतले बतायो। पूवयुवराज पारसनिकटकी एक महिलाले पनि बेबी किङको प्रस्ताव आफूले राख्ने हालै बताएकी थिइन्।

No comments: