News

Apr 8, 2009

थाइल्यान्डमा प्रधानमन्त्रीको विरोधमा विरोधप्रदर्शन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बैंकक/ थाइल्यान्डमा प्रधानमन्त्री अभिसित भेजाजिभाको विरोधमा दसौं हजार नागरिकले बुधबार बैंककमा विरोधप्रदर्शन गरेका छन् । विरोधप्रदर्शक अधिकांश पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राका समर्थकहरू भएको बताइएको छ । २००६ मा भएको सत्तापलटमा थाक्सिन सिनावात्रालाई बर्खास्त गरिएको थियो । बेलायतमा निर्वासनमा रहेका सिनावात्रा स्वेदश फर्किएमा उनलाई जेलसजाय हुन्छ । बैंककका मुख्य स्थानमा सुरक्षा कडा पारिएको छ । थाक्सिन समर्थकलाई सरकारबाट बर्खास्त गर्ने अदालतको निर्णयका बाबजुद थाइल्यान्डको राजनीतिक संकट टरेको छैन । प्रदर्शनकारी जम्मा भइरहँदा प्रधानमन्त्री अभिसितले संसद् विघटन नगर्ने बताएका छन् । बैंककको मुख्य सरकारी भवनअगाडि रातो कपडा लगाएका ३० हजार थाक्सिन समर्थक जम्मा भएर प्रदर्शन गरेका थिए । विगत दुई सातादेखि प्रदर्शनकारीले त्यहाँ धर्ना दिइरहेका छन् । प्रधानमन्त्री अभिसित गैरकानुनी रूपमा सत्तामा आएको र वर्तमान सरकार सैनिकको कठपुतली भएको आरोप प्रदर्शनकारीले लगाएका छन् ।

No comments: