News

Apr 4, 2009

मन्त्री किरण गुरुङ भेटिए दोहोरी साँझमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वन तथा भू-संरक्षणमन्त्री किरण गुरुङ पोखराको एक दोहोरी रेस्टुरेन्टमा भेटिए । बिहीबार कास्कीको पातीखोलामा आयोजित कार्यक्रम उद्घाटन गर्न आएका मन्त्री गुरुङ बेलुकी पोखराको चिप्लेढुंगास्थित दातरी दोहोरी साँझमा छिरेका थिए । तनहुँ निर्वाचन क्षेत्र नं ३ बाट संविधानसभा सदस्यमा निर्वाचित गुरुङ एमालेका तर्फबाट वन तथा भू-संरक्षणमन्त्री छन् । उनी बा१झ ७२०१ नम्बरको गाडीमा दोहोरीमा पुगेका थिए भने उनको टोली बा१झ ९४५८ र बा१झ ६०९ नम्बरको जिपमा थियो । मन्त्री गुरुङले दोहोरी साँझमा दुई घन्टा बिताए । दोहोरीस्थलको अगाडि नै बसेका गुरुङले एक बोटल मदिरा पान गरेपछि नाच्ने मनस्थिति बनाए, तर शरीरले साथ दिएन । मन्त्रीले धेरै खाएकोले नाँच्न नसक्ने बताएपछि दोहोरी गायिकाहरू स्टेजमा गएका थिए । केही सहयोगी र प्रहरीको सुरक्षामा रहेका मन्त्री गुरुङलाई दोहोरी साँझमा सञ्चारकर्मीले देखेपछि उनी तत्काल त्यहाँबाट बाहिरिएका थिए । दोहोरीबाट निस्केको मन्त्री गुरुङको टोली खाना खाने भन्दै भीमसेनचोकस्थित थकाली किचनमा पुगेको थियो ।गृहमन्त्री वामदेव गौतमले काठमाडौंका डान्स तथा दोहोरीमा कडाइ गर्न निर्देशन दिए पनि पोखरामा भने राति अबेरसम्म रेस्टुरेन्टहरू खुल्ने गरेका छन् । पोखरामा मन्त्रीहरूलाई दोहोरी जान प्रहरीले नै स्कर्टिङ गर्ने गरेका छन् ।

No comments: