News

Apr 2, 2009

नयाँ संविधान बारे सात दलले बुझाए सुझाव

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नयाँ संविधानबारे तराई मधेश लोकतान्त्रिक पार्टीसहित सात दलले संवैधानिक समितिलाई सुझाव बुझाएका छन् ।तराई मधेश लोकतान्त्रिक पार्टीसहित सात दलले संवैधानिक समितिलाई नयाँ संविधानसम्वन्धि पार्टीको धारणा बुझाएका छन । चैत २० गते संवैधानिक समितिलाई संविधानसम्वन्धि धारणा बुझाउने अन्य दलमा सदभावना पार्टी, नेपाल सदभावना पार्टी, चुरेभावर राष्ट्रिय एकता पार्टी, नेपाल परिवार दल, समाजवादी प्रजातान्त्रिक जनता पार्टी, दलित जनजाति पार्टी र नेपाल लोकतान्त्रिक समाजवादी दल छन । संविधानसभामा रहेका अन्य दलले यसअघि नै समितिलाई आफ्नो धारणा बुझाईसकेका छन् । तमलोपाले समितिलाई नयाँ संविधानमा कार्यकारी अधिकार सहितको प्रधानमन्त्री तथा आलंकारीक राष्ट्रपतिको व्यवस्था हुनुपर्ने सुझाव दिएको छ । समितिलाई सुझाव दिँदै तमलोपा अध्यक्ष महन्थ ठाकुरले आत्मनिर्णयको अधिकार सहितको स्वायक्त मधेश प्रदेश हुनुपर्ने दोहोर् याए ।

No comments: