News

Apr 2, 2009

वेलायतले २० अर्ब रुपैयाँ आर्थिक सहयोग गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वेलायतले आगामी तीन बर्षमा नेपाललाई १७ करोड २० लाख पाउण्ड अर्थात करिब २० अर्ब रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । यो रकम बिगतको तीन बर्षे सहयोग योजना भन्दा ४६ प्रतिशतले बढी हो ।वेलायतका अन्तर्राष्ट्रिय विकास बिभाग डीएफआईडीको नेपाल सहयोग योजना सार्वजनिक गर्दै अन्तर्राष्ट्रिय विकास मामिला सम्बन्धी मन्त्री माइक फोष्टरले बिहीबार ललितपुरमा यसको घोषणा गरेका हुन् ।सहयोग रकम नेपालको शान्ति प्रकृया, विकास, रोजगारी, स्वास्थ्य शिक्षा, वाताबरण परिर्वतनका जोखिमको सामना, निजी क्षेत्रलाई प्रोत्साहन र शासकीय सुधार लगायतका क्षेत्रमा खर्च गरिनेछ । उक्त अवसरमा फोस्टरले पछिल्लो बर्षमा महत्वपूर्ण प्रगति गरेपनि नेपालको शान्ति प्रकृया अझै नाजुक रहेको बताउदै यसको संरक्षण र द्वन्द्वपछिको पुनर्निमाणका क्षेत्रमा थुप्रै काम गर्न बाँकी रहेको बताए ।राजनीतिक दलबीचको सहमतिनै नयाँ संविधान र नयाँ नेपाल निर्माण एकमात्र सहि मार्ग भएको उनको भनाइ थियो ।नेपालको तीन दिने औपचारिक भ्रमणका लागि मंगलबार काठमाडौं आएका मन्त्री फोस्टर बिहीबारनै स्वदेश फर्किएका छन् ।

No comments: