News

Apr 7, 2009

पपगायक ओमविक्रम बिष्टका बारेमा निर्माणीत डकुमेन्ट्री अमेरिकामा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पपगायक धीरज राईले अर्का पपगायक ओमविक्रम बिष्टका बारेमा निर्माण गरेको डकुमेन्ट्री 'ओमविक्रम' अमेरिकाको न्युयोर्कमा रहेको कर्नल युनिभर्सिटीमा अध्ययनका लागि राखिने बताएका छन् । नेपाली पपसंगीतको इतिहास अध्ययन गर्न चाहने विदेशीका लागि उक्त कलेजले 'ओमविक्रम' लाई आफ्नो कोलन लाइब्रेरीमा राख्ने तयारी गरेको गायक राईले बताए् । विगत १८ वर्षदेखि आफू पपसंगीतमा निरन्तर लागिरहेको खुलाउँदै गायक राई आफूले निर्माण गरेको उक्त डकुमेन्ट्रीलाई अमेरिकन कलेजले आफ्नो लाइब्रेरीमा राख्ने निर्णय गरेकामा आफू गौरवान्वित भएको बताउँछन् । भन्छन्, 'नेपाली पपसंगीत इतिहासलाई विश्वसामु थोरै भए पनि चिनाउन पाएकामा निकै खुसी लागेको छ ।' कर्नल युनिभर्सिटीले २९ मार्चमा आफूलाई पठाएको पत्रको प्रतिलिपि देखाउँदै धीरजले भने, 'अमेरिकाजस्तो देशको कलेजमा नेपाली पपगायकका बारेमा बनेको डकुमेन्ट्री राख्नु भनेको चानचुने कुरा होइन । यो हामी सबैका लागि गर्वको कुरा हो ।'

No comments: