News

May 15, 2009

फोरम नेतृत्वकोलाई माओवादीले समर्थन गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकीकृत नेकपा माओवादीले संसदको चौथो ठूलो दल मधेशी जनअधिकार फोरमको नेतृत्वमा गठन गरिने सरकारलाई आफ्नो पूर्ण समर्थन रहने जनाएको छ।सबैभन्दा ठूलो दलको समर्थनको आश्वासन पाएपछि फोरमले आफ्नै नेतृत्वको सरकार बनाउने कुरालाई प्राथमिकता दिने निर्णय गरिसकेको छ।फोरमको यो निर्णयले आफ्नो वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा बहुमतको सरकार बनाउन तीव्र कसरत गरिरहेको तेस्रो ठूलो दल नेकपा एमालेलाई गम्भीर धक्का लाग्ने देखिन्छ।कुल सदस्य संख्या ६०१ रहेको संसदमा जम्मा ५३ सीट भएको फोरमलाई पछिल्लो निर्णय लिन २३८ सीट भएको माओवादीले प्रेरित गरेको थियो। फोरमले सरकार गठन गरेमा पूर्ण समर्थन गर्ने नीतिगत निर्णय माओवादीको पोलिटब्यूरोले गरिसकेको वरिष्ठ नेता सीपी गजुरेलले बताए।“हामीले फोरमका नेताहरुलाई सरकार गठन गर्न पहल गर्नुस् बाहिरबाट हामी समर्थन गर्न तयार छौं भनेका छौं,” उनले भने।गजुरेलका अनुसार फोरम र माओवादी दुईवटा दलकै २९१ सीट पुग्ने हुनाले बहुमतको लागि आवश्यक बाँकी १० सीट जुटाउन गाह्रो पर्दैन।यसअघि बिहीवारदेखि शुक्रवार बिहानसम्म चलेको फोरमको केन्द्रिय समितिको बैठकले सकेसम्म आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको थियो।सरकार निर्माणबारे फोरमले मुख्य दुईवटा निर्णय गरेको प्रवक्ता जितेन्द्र देवले बताए।उनले भने, “हाम्रै नेतृत्वमा राष्ट्रिय सरकार बनाएर राजनीतिक निकास दिने निर्णय गरेका छौं। यदि त्यो हुन सकेन भने एमालेले आठ बुँदे सम्झौता लागु गर्न लिखित प्रतिबद्धता दिएको खण्डमा उसको नेतृत्वको सरकारलाई हामी बाहिरबाटै समर्थन गर्न सक्छौं,” देवले भने।

No comments: