News

May 15, 2009

मधेसी जनअधिकार फोरमका सभासदबीच हातहालाहाल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेठ १ - सरकारमा सहभागि हुने वा नहुने भन्ने विषयमा अनिणिर्त रहेको संयुक्त लोकतान्त्रीक मधेसी मोर्चाको प्रमुख घटक मधेसी जनअधिकार फोरमका सभासदबीच हातहालाहाल भएको छ ।शुक्रबार सिहंदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकमा सभासद मृग्रेन्द्र सिंहले बोल्ने क्रममा केही सभासदले ताली बजाएपछि सभासदबीच हातहालाहालको भएको हो । अध्यक्ष उपेन्द्र यादव पक्षधरका सभासदले अध्यक्ष यादव बोल्दा ताली नबज्ने सभासद बोल्दा ताली किन बजाएको भन्ने विवाद चलेपछि सभासदबीच केहीबेर तानातानको अवस्था भएको थियो । चर्को विवाद चलेपछि बैठकबीचमै अध्यक्ष उपेन्द्र यादव र सह-अध्यक्ष जयप्रकाश गुप्ता बाहिरिएका थिए । बैठकबीचमै स्थगित भएपछि संसदीय दलका नेता विजयकुमार गच्छदारले पत्रकार सम्मेलन गरी संसदीय दल पार्टीको अभिन्न अंग हो भन्दै पार्टी केन्द्रीय कमिटीले संसदीय दलको सुनुवाइ नगरेकाले विवाद उठेको बताए ।उनले संसदीय दलको बैठकमा उठेका विषय सहमति र प्रक्रिया पुर्‍याएर पार्टीमा प्रवेस नगराएको भन्दै आक्रोस व्यक्त गरे । बैठकबीचमै बाहिरिएका अध्यक्ष उपेन्द्र यादव र सह-अध्यक्ष जयप्रकाश गुप्ता प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटन प्रधानमन्त्री निवास बालुवाटार गएका छन् ।

No comments: