लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेठ १ - सत्ता समिकरणमा महत्वपूर्ण भूमिकामा रहेको मधेशी जनअधिकार फोरमले आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने वा मधेशका मागलाई सम्बोधन गर्ने प्रतिवद्धता जनाउने गठबन्धनलाई सरकार बनाउन बाहिरबाटै समर्थन गर्ने निर्णय गरेको छ । शुक्रबार बिहान ४ बजे सकिएको फोरम केन्द्रीय समिति बैठकले शान्ती प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन तथा राजनीतिक सहमतिका आधारमा लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित राज्य प्रणाली सु-संचालन गर्न फोरमले आफ्नै नेतृत्वमा सहमत हुनसक्ने पक्षहरूको संयुक्त सरकार गठन निम्ति राजनीतिक दलहरूको सहमति जुटाउने निर्णय गरेको छ । विकल्पमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासंग भएको आठ सूत्रीय सम्झौतालाई ठोस एवं व्यवहारिक रुपमा कार्यान्वयन गर्ने मुद्दामा सहमत हुने राजनीतिक दल वा गठबन्धनलाई सरकार गठनका लागि, स्वयं सरकारमा नगई गुण र दोषको आधारमा बाहिरबाट समर्थन र सहयोग गर्ने निर्णय लिएको छ । मधेशी मोर्चासंग सहकार्य गर्दै सरकार गठनमा समर्थन गर्ने निर्णय लिएको फोरम नेता रामेश्वर राय यादवले ई-कान्तिपुरलाई बताए । मोर्चाका घटकहरु तमलोपा र सदभावनाले एमाले गठबन्धनलाई सहयोग गर्ने निर्णय गरिसकेको छ । एमाले गठबन्धनलाई नै बाहिरबाट सहयोग गर्ने सम्भावना बढी रहेको यादवले बताए । बिहीबार अपरान्हबाट राजधानीको अमृत कम्पलेक्समा बैठक बसेको थियो । पार्टी भित्रको आन्तरिक बिबादकै कारण बैठक लम्बिएको थियो ।
No comments:
Post a Comment