News

May 18, 2009

जेठ ४ - एकीकृत माओवादीले राष्ट्रपतिको कदम नसच्चिएसम्म व्यवस्थापिका संसद अवरोध जारी राख्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास वालुवाटारमा सोमबार बिहान बसेको केन्द्रीय सचिवालयको बैठकले सेनापतिलाई थमौति गर्ने राष्ट्रपतिको कदम नसच्चिएसम्म राष्ट्रिय सहमति बन्न नसक्ने निष्कर्ष निकालेको छ ।राष्ट्रिय सहमतिका लागि आफूहरुले उठाएको मागलाई व्यवस्थापिका संसदमा प्रवेश गराउनुपर्ने माओवादीको अडान छ । बैठकमा पार्टीले अघि सारेको नागरिक सर्वोच्चता, राष्ट्रपतिको असंबैधानिक कदम लगायतका बिषय संसद मार्फत सम्वोधन भए सदन चल्न दिने निर्णय भएको सचिवालय सदस्य गिरिराजमणी पोखरेलले जानकारी दिए ।यसका लागि अन्य दलहरुसँग छलफल अघि बढाउने समेत माओवादीले निर्णय गरेको छ ।यसैवीच राष्ट्रपतिको कदम नसच्चिएसम्म सडक र सदनमा आन्दोलन जारी राख्ने बताउदै आएको एकीकृत माओवादीको अवरोधका कारण लगातार अबरुद्ध हुँदै आएको व्यवस्थापिका संसदको बैठक आज बस्दैछ ।

No comments: