News

May 17, 2009

नयाँ प्रधानमन्त्री चयनको प्रकृया अघि बढाउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेठ ३ - सभामुख सुवास नेम्वाङले प्रधानमन्त्री चयनको प्रकृया अघि बढाउन छिट्टै व्यवस्थापिका संसद अन्र्तगत कार्यव्यवस्था परामर्श समितिको बैठक वोलाउने जानकारी दिएका छन् । उनले व्यवस्थापिका संसदको प्रकृया अनुसार सरकार निर्माणको क्रम अघि बढ्ने पनि बताए ।एमाले बरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा सरकार गठनको लागि सहमति जनाउदै ३ सय ५० जना सभासदहरुको हस्ताक्षर सहित उनको कार्यकक्षमा पुगेका २२ दलका प्रतिनिधिहरुसँगको छलफलमा उनले उक्त कुरा बताएका हुन् । उनले कार्य व्यवस्था परामर्श समिति बसेर प्रधानमन्त्री चयनको मिति तोक्ने र त्यसको आधारमा प्रकृया अघि बढाउने बिगतको नियम, प्रचनल र अभ्यासलाई निरन्तरता दिइने बताए ।'संविधान, नियम र विगतको अभ्यासमा उभिएर अविलम्ब व्यवस्थापिका संसदमा रहेका राजनीतिक दलहरुसँग सम्पर्क गर्छु ', उनले भने, 'छिट्टै कार्यव्यवस्था समितिको बैठक राख्न पहल गर्छु ।' उनले व्यवस्थापिका संसदबाटै सरकार निर्माण होस भन्ने आफूले चाहेको र त्यसका लागि प्रधानमन्त्री सहित विभिन्न दलका नेताहरुसँग छलफल गरेको स्मरण गराए ।

No comments: