News

May 18, 2009

माओवादी मागलाई सदनमा प्रवेश गराएर गतिरोध अन्त्य गर्न सुझाव

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेठ ४ - प्रधानमन्त्री पुष्पकमल दाहालले एकीकृत माओवादीले अघि सारेको मागलाई सदनमा प्रवेश गराएर व्यवस्थापिका संसदको गतिरोध अन्त्य गर्न सुझाव दिएका छन् । सदन सुचारु गर्न आग्रह सहित वालुवाटार पुगेका सभामुख सुभास नेम्वाङलाई माओवादी अध्यक्ष समेत रहेका दाहालले पार्टीको निर्णय भन्दै सदन तत्काल सुचारु गर्न नसकिने बताएका थिए । माओवादी लामो समयसम्म सदन अवरुद्ध गर्ने पक्षमा नरहेकाले नागरिक सर्वोच्चता र राष्ट्रपतिको कदम सम्बन्धमा सदनबाट सम्वोधन हुनुपर्ने अडान दाहालले राखेका थिए । जवाफमा नेम्वाङले प्रमुख दलका प्रमुख सचेतकहरुसँग यसबारेमा परामर्श गरिने बताएका थिए । आइतबार एमाले-कांग्रेस गठबन्धनले बहुमत सभासदको हस्ताक्षर सहित सभामुखलाई नयाँ सरकार गठनको प्रकृया थालनि गर्न आग्रह गरे लगत्तै सभामुख र प्रधानमन्त्रीबीच सोमबार भेटघाट भएको हो ।

No comments: