News

May 14, 2009

विद्युत प्राधिकरणले लोडसेडिङ कम नहुने स्पष्ट

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वैशाख ३१- केही दिन यता लगातार पानी परेका कारण लोडसेडिङ घट्ने आशा गर्नुभएको छ भने त्यो बेकार हुने भएको छ। विद्युत प्राधिकरणले वर्षाले खोला बढे पनि पर्याप्त पानी नभएकाले तत्काल लोडसेडिङ कम नहुने स्पष्ट पारेको छ।‘एक/दूई दिनको पानी खहरे प्रकृतिको हो त्यसैअनूसार अस्थायी रुपमा लोडसेडिङ केही घटेको हो ‘ नेपाल विद्युत प्राधिकरण भारप्रेषण केन्द्रका निर्देशक शेरिसंह भाटले भने।प्राधिकरणले एक महिनाअघि सार्वजनिक गरेको तालिकाअनुसार लोडसेडिङ दैनिक १२ घण्टा छ। पानी परेर विद्युत उत्पादन बढी भएको बेला भने कम लोडसेडिङ गरिएको प्राधिकरणले जनाएको छ। अहिले बढेको विद्युत उत्पादन अस्थायी खालको भए पनि लोडसेडिङमा सरदर २ घण्टा कमी आएको उपभोक्ताले महसूस गरेका छन्।खोलामा पानीको सतहअनुसार दिनैपिच्छे उत्पादन घट्बढ भएकाले लोडसेडिङको नयाँ तालिका सार्वजनिक नगरिएको भाटले बताए। ‘विद्युत उत्पादनको अवस्था केही स्थिर भएपछि मात्र नयाँ तालिका सार्वजनिक हुनेछ' उनले भने।

No comments: