News

May 17, 2009

थारुहटले जेठ ४ गतेदेखि तराई बन्दको घोषणा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेठ ३- प्रधानसेनापति विवादपछि उत्पन्न राजनीतिक सङ्कटका कारण आफ्ना सम्पूर्ण सङ्घर्षका कार्यक्रम स्थगित गरेको थारुहट संयुक्त सङ्घर्ष समितिले सोमबारदेखि पुनः आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। समितिले आइतबार विज्ञप्ति जारी गर्दै जेठ ४ गतेदेखि तराई बन्दको घोषणा गरेको हो। राष्ट्रियता र मुलुकको अखण्डताका लागि थप आन्दोलन गर्ने कार्यक्रम अगाडि बढाउने विज्ञप्तिमा उल्लेख छ।थारुहट स्वायत्त परिषद्का अध्यक्ष लक्ष्मण थारुद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनजातिहरुको पहिचान र अस्तित्वका लागि मात्र नभई मुलुकको राष्ट्रिय अखण्डताका लागिसमेत सङ्घर्ष गरिरहेको बताइएको छ।
आन्दोलनमा विभिन्न आठ वटा थप सङ्घ संस्थाहरुको समेत सहयोग रहेको विज्ञप्तिमा उल्लेख छ।

No comments: