लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
थरुहट संयुक्त संघषै समितिले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। समितिले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी राष्ट्रियता र मुलुकको अखण्डताका लागि थप आन्दोलनका कार्यक्रम अगाडि सारेका हो।थारुहट स्वायत्त राज्य परिषदका अध्यक्ष लक्ष्मण थारुले जेठ ४ गते देखि आन्दोलनलाई सशक्त रुपमा अगाडि बढाउने बताए। उनले जनजातिहरुको पहिचार र अस्तित्वका लागि मात्र नभई मुलुकको अखण्डताका लागि संघर्ष गर्न लागेको बताए।आदिवासी जनजाति दलित गणतान्त्रिक राष्ट्रिय मोर्चाका सहअध्क्ष किशोर विश्वासले भारतीय विस्तारवादका विरुद्ध पनि संघर्ष केन्द्रित हुने बताए।
समितिमा विभिन्न आठवटा थारु सम्वद्ध संघसंस्था छन्।
समितिमा विभिन्न आठवटा थारु सम्वद्ध संघसंस्था छन्।
No comments:
Post a Comment