News

May 18, 2009

विजयकुमार गच्छदारले पार्टीले कारवाही गरे सामना गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेठ ४ - मधेशी जनअधिकार फोरमका नेता विजयकुमार गच्छदारले पार्टीले आफूलाई कारवाही गरे त्यसको सामना गर्न तयार रहेको बताएका छन् । सोमबार रिपोटर्स क्लवद्वारा आयोजित साक्षात्कार कार्यक्रममा उनले पार्टीले आफुलाई कारवाही गर्नु भन्दा पार्टी नेतृत्वले गरेको गल्तीलाई सच्याउनु पर्नेमा जोड दिए । संसदीय दलबाट बहुमत सदस्यहरुले गरेको निर्णय अनुसार आफ्नो नेतृत्वमा फोरम सरकारमा सहभागि हुने बताउँदै उनले निर्णयमा कुनै परिवर्तन नहुने बताए । पार्टी नेतृत्वले फोरमको संसदीय दललाई बेवास्ता गरेकै कारण पार्टी यो अवस्थामा आईपुगेको बताउदै गच्छेदारले पार्टी नेतृत्व त्यस प्रति गम्भीर हुन पर्ने उल्लेख गरे । उनले संसदीय दलको निर्णयलाई केन्द्रीय समितिले पारित नगरे विशेष महाधिवेशन बोलाएर अध्यक्ष उपेन्द्र यादवलाई हटाउने प्रस्ताव ल्याउने चेतावनीसमेत दिए । 'मंगलबार हुने केन्द्रीय समितिले संसदीय दलको निर्णय पारित गर्नुपर्छ' भौतिक योजना तथा निर्माण मन्त्रीसमेत रहेका गच्छदारले भने, 'केन्द्रीय समितिले भिन्न निर्णय गर्न खोजे विशेष महाधिवेशन बोलाएर अध्यक्षलाई हटाउने प्रस्ताव लिएर जान्छौं ।' पार्टी अध्यक्ष यादव साम्यवादी दर्शनबाट प्रभावित भएकाले विकल्प खोज्नुपर्ने अवस्था आउनसक्ने उनले बताए । गच्छदारले पार्टीमा साम्यवादी दर्शनको अन्त्य नभए फोरमको भविष्य नरहने तर्क गरे ।

No comments: