News

May 17, 2009

एमाले महासचिव माथि माओवादीले तिलपुङमा आक्रमण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेठ ३ रामेछापको मन्थलीमा भएको कार्यक्रम सकेर दोलखा फर्केको एमाले महासचिव ईश्वर पोखरेल सहितको टोलीमाथि माओवादीले तिलपुङमा आक्रमण गरेको छ।नेता जोगाउन प्रहरीले १७ राउन्ड हवाई फायर गरेको थियो। आक्रमणमा एमाले नेता चढेको गाडीमा क्षति पुगेको छ।रामेछापको तिलपुङ गाविस नजिकै भीरमाथिबाट पोखरेल सहितका नेता चढेको गाडी लक्षित गरी एक्कासी ५०-६० जनाको समूहले माथिबाट ढुङ्गा खसालेको थियो। तर पोखरेल सहितका नेता चढेको गाडी पास भइसकेका कारण कार्यकर्ता चढेको गाडीमा क्षति पुगेको छ। त्यसबाट केही कार्यकर्ता घाइते भएको प्रहरीले जनाएको छ।गाडीमा महासचिव पोखरेल सहित पोलिटब्यूरो सदस्य पशुपति चौलागाइँ, रविन्द्र श्रेष्ठ, केन्द्रीय सदस्य केशव देवकोटा, कमल सुनुवार सहित अन्य नेता सवार थिए। साँझ साढे ६ बजे माथि भिरबाट महासचिवको गाडीलाई लक्षित गरी माओवादीले ढुङ्गा प्रहार गरेको रामेछाप जिल्ला कमिटीका पूर्व सचिव देवशंकर पौडेलले नागरिकन्यूजलाई बताए।तर माओवादीका जिल्ला नेता उद्वव पौडेलले भने घटनामा आफ्नो पार्टी संलग्न नरहेको बताए। 'हाम्रा जिल्ला नेताहरु सबै काठमाडौंको आमसभामा गएका छन्। भएका कार्यकर्ता यतै छौं। '-रामेछापका डीएसपी केदार ढकालका अनुसार त्यसपछि प्रहरीले सुरक्षा दिएर उनीहरुलाई अगाडि बढाएको थियो। आक्रमणकारीले ढुङ्गा हान्नासाथ प्रहरीले हवाई फायर गरेको थियो। डेनीको पुल छेउमा आइपुग्नै लाग्दा झन्डै १५ जनाले पोखरेलको टोलीमाथि पुन दुर्व्यवहार गरिएको थियो।

No comments: