लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नयाँ सरकार गठनको लागि नेकपा एमालेले सभासद्हरुको हस्ताक्षर संकलन सुरु गरेको छ। माधव नेपाललाई प्रधानमन्त्री बनाउने पक्षमा शुक्रबार साँझसम्म २८६ जना सभासद्हरुको हस्ताक्षर जुटेको एमाले प्रमुख सचेतक भीम न्यौपानेले जानकारी दिए।बहुमत अर्थात् ३०१ भन्दा बढी सभासद्को समर्थनसहितको हस्ताक्षर सभामुख सुवासचन्द्र नेम्वाङलाई बुझाएर अवरुद्ध सदन खुलाउन र सरकार गठनको लागि दवाब सिर्जना गर्न हस्ताक्षर संकलन थालिएको हो। एमाले नेता न्यौपानेका अनुसार नेपाली कांग्रेस, तराई-मधेश लोकतान्त्रिक पार्टी र सद्भावनाले भने आफ्नो हस्ताक्षर संकलन गरी आफ्नै कार्यालयमा राखेका छन्। कांग्रेसको ११४, तमलोपाका २१ र सद्भावनाका ९ जना सभासद् छन्।स्वतन्त्र सभासद् बबन सिंहले पनि नेता नेपाललाई समर्थन गरेका छन्। उनी संवैधानिक समितिको शुक्रवार बिहान भएको बैठकमा पनि नेपालसँग कानेखुशी गरिरहेका देखिन्थे।एमालेसँग १०९ सभासद् भए पनि सभाध्यक्ष सुवास नेम्वाङले निर्णायक मत मात्र दिन पाउँछन्।
एमालेको समर्थनमा जुटेका हस्ताक्षर
नेपाली कांग्रेस ११४
नेपाली कांग्रेस ११४
नेकपा एमाले १०८
तराई मधेश लोकतान्त्रिक पार्टी २१
सदभावना पार्टी ९
नेकपा माले ९
राष्ट्रिय प्रजातन्त्र पार्टी ८
राष्ट्रिय जनमोर्चा ४
राष्ट्रिय जनशक्ति पार्टी ३
राष्ट्रिय जनमुक्ति पार्टी २
समाजवादी प्रजातान्त्रिक जनता पार्टी १
चुरे भावर राष्ट्रिय एकता पार्टी १
नेपाली जनता दल १
नेपाल लोकतान्त्रिक समाजवादी दल १
नेपाल सदभावना पार्टी (आ) गुप्ता १
नेपाः राष्ट्रिय पार्टी १
नेपाः राष्ट्रिय पार्टी १
नेपाल परिवार दल १
बबन सिंह स्वतन्त्र १
जम्मा २८७
बबन सिंह स्वतन्त्र १
जम्मा २८७
सरकार बनाउन चाहिने संख्या ३०१
कांग्रेस-एमाले गठवन्धनले आफ्नो पक्षमा आशा गरेको राप्रपा नेपालको केन्द्रीय समितिको शुक्रबारको बैठकले कस्को पक्षमा लाग्ने भन्ने निर्णय गर्न सकेन। संविधानसभामा ४ सिट भएको राप्रपा नेपालले आइतबार सम्म सरकारमा कसलाई समर्थन गर्ने भन्ने निर्णय हुने अध्यक्ष कमल थापाले जानकारी दिए। "राप्रपा नेपाल सरकारमा सहभागी नहुने भने पक्का छ," थापाले भने।
No comments:
Post a Comment