News

May 17, 2009

सरकारको गठबन्धनमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको समर्थन छैन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/डी. बी. आङबुङ
जेठ ३, २०६६ अब बन्ने नयाँ सरकारको अङ्कगणीतीय गठबन्धनको राजनीतिक प्रक्रियामा विभिन्न सञ्चारमाध्यममार्फत संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको नाम पनि जोडिन आएकोप्रति मञ्चको गम्भीर ध्यानाकर्षण भएको भन्दै उक्त कपोलकल्पित र भ्रामक समाचार पूर्णतः निराधार भएको जानकारी संघीय मञ्चले आइतबार साँझ रिपोर्टस क्लब काठमाडौंमा एक पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो थप निम्नानुसारको स्पष्ट अवधारणा र्सार्वजनिक गरेको छ ।
१. जनताको नागरिक सर्वोच्चता स्थापित गर्ने सरकारले लिएको सेनापति सम्बन्धी निर्णयलाई मञ्चले नेपाली सेनालाई जनताको मातहतमा विधिको शासन अनुरुप सञ्चालन गर्नेक्रमको सुरुवातको रुपमा लिएको छ ।
२. राष्ट्रपतिद्वारा लिइएको सक्रिय राजनीतिक कदम लोकतान्त्रिक एवम् संवैधानिक मुल्य मान्यता विपरीत भएको निष्कर्षमञ्चले लिएको छ ।
३. संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अङ्क गणितीय रुपमा सरकार बनाउने र ढाल्ने राजनीतिक चलखेलको विरुद्धमा रहेको छ । उक्त प्रक्रियाद्वारा बन्ने सरकारको समर्थनमा मञ्च नरहेको स्पष्ट गर्दछ ।
४. वर्तमान सङ्क्रमणकालीन राष्ट्रिय राजनीतिको निकास सर्वदलीय राष्ट्रिय सरकारको विकल्प नरहेको ठहर गर्दै सहमतीय राष्ट्रिय सरकारको लागि सम्पूर्ण राजनीतिक दलहरुलाई हार्दिक अपील गर्दछ ।
५. अहिलेको मुलुकको सङ्क्रमणकालीन राजनीतिक दिशा सरकार ढाल्ने र निर्माण गर्नेभन्दा पनि संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई सँस्थागत गर्दै नयाँ संविधान निर्माण गर्ने जनादेश नेपाली जनताले सबै दललाई दिएकोले सम्पूर्ण दलहरु नयाँ संविधान निर्माणमा जुट्न अपील गर्दछ ।
६. नयाँ संविधान निर्माणको सङ्क्रमणकालीन परिस्थितिमा पनि नेपाल र नेपाली जनताको स्वतन्त्रता, राष्ट्रियता र सार्वभौमसत्ताविरुद्ध विदेशी चलखेलको तत्कालै अन्त्य हुनुपर्दछ ।
७. ठूला भनिएका दलहरु फेरि पनि सामन्तवादी चिन्तन, यथास्थितिवादी सोच, सर्वसत्तावादी चरित्र, नव ब्राहृमणवादी धरातलबाट बाहिर आउन नसकेकोले राष्ट्रिय मुक्तिको लागि सम्पूर्ण नेपाली जनतालाई आन्दोलित रहन हार्दिक अपील गर्दछौं ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका कार्यकारी अध्यक्ष डी. के. बुद्धिष्ट तामाङ, मञ्चसम्वद्ध संघीय लिम्बुवान राज्य परिषद्का अध्यक्ष तथा मञ्चका अध्यक्ष मण्डल सदस्य कुमार लिङदेन 'मिराक', मञ्चसम्वद्ध थरुहट स्वायत्त राज्य परिषद्का अध्यक्ष तथा मञ्चका अध्यक्ष मण्डल सदस्य लक्ष्मण थारु, मञ्चका अध्यक्ष मण्दल सदस्य विष्णु तुम्बाहाम्फे र तामाङसालीङ स्वायत्त राज्य परिषदका महासचिव तथा मञ्चका प्रवत्ता रविन्द्र थिङद्वारा संयुक्त रुपमा हस्ताक्षरित सो प्रेस विज्ञप्तिमा सो कुरा जनाइएको छ । सम्मेलनमा पत्रकारमार्फ् सोधिएको जिज्ञासको जवाफमा अब भन्ने भनिएको फोहोरी गठबन्धन सरकारलाई समर्थन गर्ने मञ्च संघीय कार्य समितिको आधिकारिक निर्णय नभएको र मञ्चका सभासदहरु यो प्रक्रियामा सहभागी भएको भए पनि त्यो पूर्णतः पार्टी निर्णय विपरीत रहेको कुरा बताइको छ ।

No comments: