News

May 16, 2009

सप्तरीमा जनालाई हत्या गरि जलाइ दिए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेठ २ - सप्तरीको जोगिनिय गाविसको ९, मा गाउँलेहरुले शनिबार फेरि सनाखत हुन नसकेका दुई जनालाई हत्या गरि जलाइ दिएका छन् । दुई दिन अघि मात्र सप्तरीको पोर्ताहा , ४ मा यसरीनै एक जनालाई मारेर जलाई दिएका थिए ।बालबालिकाहरुलाई अपहरण गरि आँखा किडनी निकाल्ने गिरोह तराईमा सक्रिय रहेको हल्ला चलिरहेको बेला सोही आशंकामा आज पुनः दुई जनाको हत्या गरेको हो । गाई चराउन गएका बालबालिकाहरुलाई एक महिला सहित तिन जनाको समूहले फकाउन खोजेको हल्ला चलेपछि आक्रोसित गाउँलेहरुले उनीहरुलाई कुटपीट गरेका थिए । कुटपीट गर्दा ति समूहका व्यक्तिहरु हिन्दी भाषामा कुरा गरेको प्रत्यक्षदर्शीले बताए ।एक जना महिला भाग्न सफल भएपनि गाउँलेहरुको कुटाईबाट दुई जना पुरुष अचेत भएपछि पराल र मट्टीतेल छरेर आगो लगाएर जलाइ दिएको प्रहरी चौकी भारदहका नायब प्रहरी निरीक्षक रामबिलास सिंहले बताए । मृतकहरुको नाम ठेगाना खुल्न सकेको छैन ।अचेत अवस्थामा जलाइएको शव पोष्टमार्टमका लागि सगरमाथा अंचल अस्पताल राजबिराज ल्याउने तयारी भईरहेको उनले बताए ।

No comments: